साउदी अरबको जेद्दाबासी नेपालीहरूले समाजसेवी दिनेश सुनुवारलाई बिदाई गरे ।
साउदी अरब – पान्डा रिटेल कम्पनिमा १८ बर्ष काम गरेका ओखलढुङ्गाका दिनेश कुमार सुनुवारलाई जेद्दास्थित नेपाली समुदायले महाबाणीज्य दूतावासको हलमा सामुहिक बिदाई गरेकाछन् ।
बिगतमा गैर आवासीय नेपाली संघ क्षेत्रीय समितिको अध्यक्ष, राष्ट्रिय समन्वय समितिको सदस्य एवं सल्लाहाकार, अन्तराष्ट्रिय समन्वय समितिको सदस्य समेतको जिम्बेवारी समालेका सुनुवारको बिदाइका निमित्त एनआरएनए क्षेत्रीय समिति जेद्दाका अध्यक्ष भिम गुरूङको सभापतित्वमा बिदाई कार्यक्रम आयोजना गरिएको थियो ।
महावाणीज्य दूतावासका बाणीज्यदूत मनहरी दंगालको प्रमुख आतिथ्यता तथा श्रम सहचारी राजु कुंवरको बिशेष आतिथ्यता रहेको कार्यक्रमलाई एनआरएनए क्षेत्रीय समितिका उपाध्यक्ष राज कुमार गिरीले संचालन गरेका थिए ।
मन्तब्यको क्रममा अतिथी द्वय दंगाल र कुंवरले सुनुवारको कामप्रतिको कर्तब्यनिष्ठा सबै नेपालीले अनुसरण गर्न लायक भएको भन्दै उनको पौरखप्रति खुलेर प्रशंसा गरे ।
जेद्दा स्थित नेपाली संघ-संस्थाको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा एनआरएनए राष्ट्रिय समितिका उपाध्यक्ष ध्रुव रिजाल, आदिवासी जनजाती महासंघका केन्द्रिय उपाध्यक्ष बाल कुमार राई, आदिवासी जनजाती महासंघ क्षेत्रिय समितिका अध्यक्ष ङिमा सांङगे शेर्पा, तमू धी जेद्दाका अध्यक्ष बेद कुमार गुरूङ र संस्थापक धन बहादुर गुरूङ, तामाङ घेदुङ प्रवास शाखा साउदी अरबका अध्यक्ष दिल बहादुर थिङ तामाङ, प्रवासी मञ्च जेद्दाका अध्यक्ष बिष्णु न्यौपाने, नेपाली सेवा समाजका अध्यक्ष दिनेश क्षेत्री, नेपाली यूवा क्लबका अध्यक्ष कृष्ण भट्टराई लगाएतले सुनुवारको समाजसेवा प्रतिको लगावको उच्च प्रशंसा गर्दै शुभकामना ब्यक्त गरेका थिए ।
मन्तब्यको क्रममा आफु १८ बर्ष अघि डेड लाख रूपैयाँ ऋण गरेर साउदी अरब आएका सुनुवारले आफ्नो जिवनको केही महत्वपूर्ण घट्नाहरूलाई स्मरण गरेका थिए । कामलाई ठुलो र सानो भनेर तुलना नगरी कर्तब्य प्रति निरन्तर लागि रहने हो भने सफलताका खुड्किलाहरू पनि क्रमश पार गरिदै जाने कुरा उनी आफै फ्लोर यसोसिएटमा ७ सय रियालको तलबमा काम गर्न सुरू गरेको र सुपरभाइजर, स्टोर म्यानेजर हुंदै अहिले डिस्ट्रिक्ट मेनेजरको पोजिसन प्राप्त गर्न सफल भएको बताए ।
समाचार श्रोतः जेद्धाबाट अञ्जन पोखरेलका साथ ध्रुब कुमार रिजाल ।
September 16, 2018 11:19 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो