यस्तो छ कारण ,सुन्दरी नायिका ऐश्वर्या राय बच्चनले किन पाउँदिनन् काम ?
बलिउड फिल्म उद्योगमा करिना कपूर खान, विद्या बालन, रानी मुखर्जी र काजोललगायतका अभिनेत्रीहरु अहिले पनि आफ्नो अभिनय तथा नयाँ फिल्मका मध्यमबाट दर्शकहरुको मन जित्न सफल भइरहेका छन् । अभिनेत्री तथा पूर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चनलाई स्टारडमको रेसमा प्रतिस्पर्धा गर्नका लागि पनि फिल्ममा अभिनय गरिरहनु जरुरी छ ।

४४ वर्षीया उनी लगतार फिल्ममा लागेमात्र आउँदा पुस्ताले उनलाई बिर्सन सक्दैनन् । उनको हातबाट लगातार फिल्म फुत्किएपछि भावी पुस्ताले उनलाई बिर्सन समय नै लाग्दैन । सन् २०१५ देखि बलिउड कमब्याक गरेकी ऐश्वर्याले दर्शकको मन जित्न सकेकी छैनन् । उनका लागि यो भन्दा पनि नराम्रो खबर यो छ कि अहिले निर्माता तथा निर्देशकहरुले समेत ऐश्वर्याका साथ फिल्म निर्माण गर्ने योजना नै बन्द गरिरहेका छन् ।

खबरहरुका अनुसार ऐश्वर्याको हातबाट फिल्महरु फुत्किदैछन् । कहानीअनुसार नभएर आफ्नो रुप अनुसार फिल्मको स्क्रिप्ट बदल्दा ऐश्वर्याको हातबाट पनि फिल्म फुत्किएको विश्लेषकको भनाइ छ । कहानीअनुसार नभएर आफ्नो रुप अनुसार फिल्मको स्क्रिप्ट बदल्दा ऐश्वर्याको हातबाट पनि फिल्म फुत्किएको विश्लेषकको भनाइ छ ।

उनले आफूसमक्ष आउने फिल्मलाई आफ्नो मर्जी अनुसार लेखाएकी थिइन् । र उनको हातबाट फिल्म फुत्किएको हो । अगस्टको अन्त्यमा निर्माता शैलेश आर. सिंहद्वारा एक कहानीमा ऐश्वर्याको स्थानमा तापसी पन्नूलाई लिएको खबर आएको थियो । यस्तै सेप्टेम्बरमा दुई फिल्ममा ऐश्वर्याको स्थानमा अन्य दुई हिरोइनले मौका पाएका थिए ।

पछिल्लो १० वर्ष यता फिल्म ऐ दि हे मुश्किल’ बाहेक ऐश्वर्याका कुनै पनि फिल्म सफल भएका छैनन् । फिल्म ऐ दि हे मुश्किल’ मा पनि उनी सहायक अभिनेत्रीको भूमिकामा थिइन् । सन् २०१० देखि २०१५ सम्म उनी फिल्म देखि टाढा थिइन । उनले सन् २०१५ मा फिल्म जज्बा’ र सन् २०१६ मा सर्वजित’ बाट मुख्य भूमिकाबाट कमब्याक गर्दै बलिउडमा पुनः स्थापित हुने सोचमा रहेकी ऐश्वर्याको सपना पूरा हुन सकेन ।

हालै प्रदर्शन भएको फिल्म फन्ने खान’ ले त झनै ऐश्वर्यालाई ठूलै झट्का लाग्यो । यस फिल्ममा मुख्य अभिनेत्री नभए पनि उनी महत्वपूर्ण भूमिकामा देखिएकी थिइन् । फिल्म निर्माताले ऐश्वर्यालाई निकै ग्ल्यामरस रुपमा प्रस्तुत गरेका थिए । तर पनि उनले दर्शकलाई आकर्शित गर्न सकिनन् ।
September 18, 2018 11:57 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :