Sunday 29th March 2026

भाइले गरे दाजु, भाउजु र भतिजीको हत्या

8 years अगाडी

सप्तरी । राजविराज–१५ मुसहरनियाँमा डेढ महिनाअघि सेफ्टीट्यांकीमा शव भेटिएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ।जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नहरमा गाडेको जानकारी दिएको हो। बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए।

सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा परिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका पञ्चदेव उनका छोरा धर्मेन्द्र र जिवछ साहसहितले तीन जनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए। तीनै जनालाई रक्सी खुवाएर घाँटी थिचेर हत्या गरी बोरामा बाँधेर नहरमा गाडेको प्रहरी अनुसन्धानले खुलेको छ।

बेचनीदेवीको शव केही दिनपछि सेफ्टीट्यांकीमा कुहिएका अवस्थामा फेला परेका थियो। तर बाबुछोराको शव अझै भेटिएको छैन। तीनै जनालाई साउन ७ गते तीनै जनालाई पक्राउ गरी गरी कर्तव्य ज्यान मुद्दा दर्ता गरेको र अदालतबाट म्याद थप गरी अनुसन्धान कार्यसमेत थालिएको सप्तरी प्रहरी प्रमुख सिंहले जानकारी दिए।

          September 18, 2018 4:22 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...