मंगलवारको दिन गर्नुहोस् यस्ता काम, लाभ हुनेछ !
अाज मंगलवार, यस्तो काम गर्दा हुन्छ धेरै फाइदा मंगलबारका दिन भेद गर्नु , शास्त्रबर्धन, संग्राम, कपट, दम्भ, सैन्य राख्नु , सुबर्ण ,धातु , मुगा ,रक्तास्राब कार्य गर्नुलाई शुभ मानिन्छ । तपाई कुनै काम गर्दै हुनुन्छ भने दिन, वार र राशि अनुसार काम गर्दा धेरै फाइदा हुन्छ । हिन्दु धर्मसँग सम्बन्धित विभिन्न धर्म ग्रन्थ र वास्तु शास्त्रमा कुनै कामको शुभ फल र लाभका लागि केही प्रावधान गरिएको छ ।
जस अनुसार तपाईको खानपान, हिँडडूल, कामको शुरुवात लगायतका विषय रहेका छन् । तपाईले वर र समयलाई ख्याल गरेर यी काम गर्दा फाइदा पुग्छ।
अन्यः सपनामा यस्तो देख्नु हुन्छ ? संकेत यी हुन सक्छन् गहिरो निन्द्रामा भएको बेलामा तपाई जुन सपना देख्नुहुन्छ त्यस्ता सपनाले तपाईको भविष्यका शुभ र अशुका लक्षणको संकेत गर्छ । अवचेतन मस्तिस्कमा आएका दृश्यहरुले तपाईको वास्तविक जीवनमा पनि असर पर्न सक्छ । यस्ता केही सपनाले तपाईलाई धनी वनाउने मार्गमा लान लागिरहेको हुन्छ तर तपाईंलाई थाहा नहुन सक्छ ।
थाहा पाउनुस् यस्ता सपनाका केही शुभ संकेतका बारेरमा जसलाई देख्दा तपाईमाथि लक्ष्मीको कृपा हुनेवाला छ ।
सपनामा हरियाली देख्नु यदी तपाई हरेक रातको सपनामा हरियाली युक्त बगैचा, हरिया रुख विरुवा देख्नु हुन्छ भने तपाईंलाई चाढै नै धेरै धनलाभ हुने संकेत गर्दछ । यसका साथै सपनामा लक्ष्मीको बाहन उल्लूलाई देख्नु भयो भने तपाईलाई चाँढै धन प्राप्ति हुने वाला छ ।
शंखको आवाज सपनामा तपाई शंख तथा मन्दिरको घण्टको आवाज सुन्नु हुन्छ भने तपाईलाई चाँढै धनको वर्षा हुने संकत गर्दछ ।
रातो साडी लगाएकी महिला यदी तपाई कुनै काममा जाँदै हुनुहुन्छ र बाटोमा रातो साडी लगाएकी, श्रंगार गरेकी कुनै स्त्री देख्नुुहुन्छ भने तपाईको अगाडि उनी महालक्ष्मीको रुप लिएर आएकी हुन्छिन् । जसको अर्थ तपाईको धन प्राप्तिको योग छ ।
फूल देख्नु विहान उठ्ने वित्तिकै फूल देख्नु शुभ मानिन्छ । यसका साथै फूलको माला पनि शुभ संकतको रुपमा लिने गरिएको छ । जसलाई तपाईले सपनामा देख्दा समेत धनको योग चाढै मिल्ने छ ।
कन्यालाई पैसा दिनु हिन्दू शास्त्रमा शुक्रबारको दिन महालक्ष्मीको दिन मानिन्छ । यदी तपाईले यस दिन कन्यालाई सिक्का दिनुभयो भने तपाईंको लागि यो लक्कि दिन हुनेछ । यस सिक्काले तपाईंको धन प्राप्तिलाई सहयोग पु-याउँछ ।
गाईलाई देख्नु यदी तपाई घरबाट बाहिर निस्कन लागेको बेलामा सेतो रंगको गाई देख्नु भयो भने शुभ संकत हो । कालो गाइ देख्नुभयो भने खास लाभ हुने छैन ।
सेतो रंगको सर्प यदी तपाईले सपनामा सेता या सुनौलो रंगको सर्प देख्नुभयो भने तपाईको घरमा लक्ष्मीको कृष हुन संकेतको, तपाईलाई चाढैंनै ठूलो हात पर्न सक्छ । हात्ती देख्नु सपनामा यदी तपाई हात्ती घोडा, गहू देख्नुहुन्छ भने तपाईको धनलाभको समय आएको प्रतित हुन्छ
September 18, 2018 4:53 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :