साउदि अरबमा एक नेपालीले गरे आत्महत्या, बिहिवारसम्म सव नेपाल पठाउने तयारी ।
तेज थापा,
साउदी अरब – गत १६ अगस्ट, २०१८ साउदी अरबको राजधानि रियादमा मृत्यु भएका योगेन्द्र चौधरीको सव यही आउदो बिहिवार इत्तिहात एअरलाइन्सबाट नेपाल पठाउने अन्तिम तयारी हुदै छ । साउदि अरबको रियाद स्थित रैसि कम्पनि लिमिटेड (Raissy Company Ltd.) कम्पनिमा कार्यरत मृतक ६ महिना पहिले साउदी अरब आएका थिए । पेट दुख्ने बिमारीले ग्रसित भइ घर फर्कन कम्पनिलाइ बारम्वार अनुरोध गरे ता पनि कम्पनिले वेवास्ता गरेको र मेडिकल रिपोर्ट माग गर्दै आलटाल गरे पछि उनि मानसिक तनावमा रहेका थिए ।

घटना बारे जानकारि प्राप्ति सँगै नवलपरासी प्रवासी सम्पर्कका अध्यक्ष एवम् एनआरएन एनसिसि साउदी अरबका संरक्षक तथा समाजिक अभियन्ता बिरेन्द्र कुमार चौधरीले नेपाली राजदूतवास रियादलाइ जानकारी गराएका थिए । घटना बारे वास्तविक जानकारी हासिल गरि रोजगारदाता कम्पनि पत्ता लगाउने काम भयो, साथै दूतावास कै बिशेष पहलमा र कम्पनिसँग समन्वय गरि बिहिवार नै मृतको सव नेपाल पठाइदै छ, नवलपरासी प्रवासी सम्पर्कका अध्यक्ष चौधरिले भने । साथै उनले घटना बारे मृतकका परिवारलाइ अबगत गराइ बताउदै समय मै सव नेपाल पठाउन तदारूकता देखाउने नेपाली राजदूतावास रियाद प्रति धन्यवाद प्रकट समेत गरे ।
मनस्लु इन्टरनेस्नल सर्भिस म्यान पावर कम्पनिबाट साउदी श्रम बेच्न हिडेका अर्का नेपाली मानसिक पिडा सहन नसकि आत्महत्या गरि साउदीमै अस्तायका छन् । बर्दघाट नगरपालिक १२ चौपता, नवलपारसी स्थाइ घर भएका मृतक योगेन्द्रको घरमा बुवा-आमा श्रीमति र एक छोरा छन् ।

प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
एमालेले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम टुङ्ग्यायो