यस्ताे छ ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चनको फर्स्ट लुक
‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ । अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो ।
फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर ह्याण्डलबाट सेयर गरिएको छ । यस पोस्टरमा अभिताभ बच्चन योद्धाको रुपमा देखिएका छन् । यस पोस्टरमा अमिताभबाहेक एउटा गिद्धपनि उडिरहेको देख्न सकिन्छ । बलिउडमा पहिलोपल्ट कुनै फिल्मको पात्रलाई मोशन पोस्टर मार्फत सार्वजनिक गरिएको छ ।

अभिनेता आमिर खान यस फिल्मको प्रचार प्रसारका लागि नयाँ नयाँ तरिका अपनाइरहेका छन् । प्रचार प्रसारका लागि बनाइएको २५ सेकेण्डको यो भिडियो निकै शानदार तरिकाले निर्माण गरिएको छ ।
— Yash Raj Films (@yrf) September 18, 2018
फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फिलिप मिडोज टेलरले लेखेको उपन्यास ‘कन्फेशन अफ अ थग’ को कहानीमा आधारित छ । आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ ।
September 19, 2018 11:23 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग