यस्ताे छ ‘ठग्स अफ हिन्दोस्तान’ मा अमिताभ बच्चनको फर्स्ट लुक
‘ठग्स अफ हिन्दोस्तान’ मा रहेकाे अमिताभ बच्चनको फर्स्टलुक मंगलबार सार्वजनिक गरिएको छ । पोस्टरमा अमिताभ बच्चनको लुक निकै भयंकर देखिएको छ । अभिनेता आमिर खानको बहुप्रतीक्षित यस फिल्मको लोगो सोमबार सार्वजनिक गरिएको थियो ।
फिल्मको यस पोस्टरलाई यसराज फिल्मस्को ट्वीटर ह्याण्डलबाट सेयर गरिएको छ । यस पोस्टरमा अभिताभ बच्चन योद्धाको रुपमा देखिएका छन् । यस पोस्टरमा अमिताभबाहेक एउटा गिद्धपनि उडिरहेको देख्न सकिन्छ । बलिउडमा पहिलोपल्ट कुनै फिल्मको पात्रलाई मोशन पोस्टर मार्फत सार्वजनिक गरिएको छ ।

अभिनेता आमिर खान यस फिल्मको प्रचार प्रसारका लागि नयाँ नयाँ तरिका अपनाइरहेका छन् । प्रचार प्रसारका लागि बनाइएको २५ सेकेण्डको यो भिडियो निकै शानदार तरिकाले निर्माण गरिएको छ ।
— Yash Raj Films (@yrf) September 18, 2018
फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ फिलिप मिडोज टेलरले लेखेको उपन्यास ‘कन्फेशन अफ अ थग’ को कहानीमा आधारित छ । आमिर खान र अमिताभ बच्चनका अलावा अभिनेत्री कट्रिना कैफ र फातिमा सना सेखको पनि मुख्य भूमिका रहेको छ ।
September 19, 2018 11:23 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :