Tuesday 10th March 2026

सडक पेटिमा अलपत्र सुतेकी महिलालाई छुन खोज्दा कुकुरले किन लखेट्यो दिल निसानी मगरलाई ?

7 years अगाडी

काठमाडौंको एउटा सडडक पेटीमा एक महिला अलपत्र सुतेकी छन् । उनको नजिकै बसेको छ एउटा कुकुर । ति महिला सडक पेटीमा कहिले देखि बसेकी हुन् थाहा हुन सकेन तर कुकुरको अवस्था हेर्दा देखिथ्यो कुकुरले लामो समय देखि ति महिलाको रक्षा गरिरहेको छ ।स्तम्भकार दिल निसानी मगरले ति महिलालाई विहान मर्निगं वाक गर्दा देखे । उनलाई त्यो दृष्यले निकै भावुक बनायो । उनी ति महिलाको नजिकै गए महिलालाई उठाउने प्रयास गरे तर त्यो कुकुरले ति महिलालाई छुनै दिएन ।

मुलुकभरका विभिन्न स्थानमा महिला बलात्कृत भएको खबरले उनलाई आक्रान्त बनाएको थियो । उनले विहान देखेको त्यो दृष्यले निकै भावुक बनायो । मुलुकभर महिला माथि मानिसले नै गरेको बलात्कार र हत्याको घटना सम्झदा कुकुरले गरेको त्यस्तो कृयाकलापले आफुलाई निकै भावुक बनाएको बताएका छन् ।

उनले त्यहाँवाट घर फर्केपछि फेसबुकमा आफ्नो मनमा लागेको कुरा लेखेका छन् । कुकुरले महिलालाई गरेको सुरक्षा र कृयाकलापको भिडियो समेत कैद गरेका छन् । बिहानै पत्रिका किनेर फर्किदै थिए। सडकपेटीमा एकजना चेली सुतिरहेको देखे। अन्दाजी १७ बर्षको हुनुपर्छ। केही विपत पर्यो कि भनेर मैले उठाउन खोजे, टाउको छुन खोजे।तर उनलाई साथ र साहारा दिएर बसिरहेको थियो एउटा( कुकुर। जब म ति चेलीको टाउको छुन खोज्थे, नजिक पर्थे कुकुरले मलाई लेखेट्थ्यो, झन्टिन्थ्यो। मेरो अनुमानमा हिजो साँझ देखी नै कुकुर यि चेलीको रक्षार्थ बसेको हुनुपर्छ। किनकी कुकुर थकित देखिन्थ्यो। बडा भावुक भएर रुन मन लाग्यो मलाई, अनि रोए पनि। पत्रिकाले आँशु पुछ्दै पुछ्दै कोठामा आए। आज पशु भनिएकाहरुले चेलीहरुको रक्षा गरिरहेछन्, मानिस किन पापी भएका होलान्।

          September 19, 2018 12:08 pm | समाज


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...