

नेपालमै छ यो चमत्कारी मन्दिर : बोली फुटेको छैन भने बच्चालाई यो ठाउमा लैजानुहोस,नबोल्ने बच्चा बोल्न थाल्छन्

सूर्यविनायक क्षेत्र धार्मिक एवं ऐतिहासिक दृष्टिकोणवाट अति महत्वपूर्ण छ। यो भक्तपुर नगरबाट २ कि.मी. दक्षिण सिपाडोल गाविसमा पर्दछ। यहाँको प्रसिद्ध सूर्यविनायक (गणेश) मन्दिर लिच्छवि कालमा शिखर शैलीमा निर्माण भएको पाइन्छ। काठमाडौं, पाटन, बनेपा, भक्तपुर जिल्लाका भक्तजनहरू हरेक मंगलवार र माघ महिनामा ठूलो र्घुइंचोका साथ यस गणेश मन्दिरको दशनार्थ आउने गरेको पाइन्छ।सूर्यविनायकको पूजावाट भाग्य निर्माण हुने र सद्बुद्धि आउने आम धारणा रहेको छ। बोली नफुटेको तथा अस्पष्टता भएका बालबालिका सूर्य विनायकामा लगेर छोडिदिनाले अतालिँदै चिच्याउन थाल्ने र त्यहि चिच्याई पछि बोलीमा परिणत हुने जनविश्वास रहि आएको छ ।
यसका साथै हिड्न नजानेका बालबालिकालाई यहाँ ल्याएर छोडिदिनाले हिड्न थाल्छन् भन्ने गहिरो जन विश्वास रहि आएको छ । गणेशको दर्शन गर्लामा मनमा आनन्द आउनुका साथै मनले चिताएको पुग्ने बताइन्छ भने कसैकसैले यहाँ दर्शन गर्नाले पुत्रलाभ हुने पनि बताएका छन् ।सुर्य विनायकको उत्पत्तिको बारेमा विभिन्न किम्वदन्तीहरू पाइन्छन् । एक किम्वदन्तीअनुसार परापूर्वकालमा एक ब्राहृमण पशुपतिनाथका परम भक्त थिए ।उनी लामो बाटो हिँडेरै पनि दिनहुँ पशुपतिनाथको दर्शन गर्न पुग्थे । यसै क्रममा एकदिन उनको छोरोको मृत्यु भएछ । मरेको छोरालाई ब्युँझाउन उनी पशुपतिनाथकै शरणमा पुगे । पशुपतिनाथले यहाँबाट हिँड्दै जाँदा भोलि सूर्यको पहिलो किरण जहाँ पर्छ, त्यहीँ मेरो पुत्र गणेशले दर्शन देलान् उहीँ वर माग्नु भने ।
हिँड्दै जाँदा यही (हाल सूर्य्विनायक रहेको) स्थानमा आई पुगेर बास बसे । भोलिपल्ट बिहान सूर्य पहिलो किरण परेको स्थानमा गणेश उत्पत्ति भई ब्राहृमणको छोरो बचाइदिए । सूर्यको किरणसँगै उत्पत्ति भएको हुनाले सुर्यविनायक नाम रहेको मन्दिरका पुजारी बताउँछन् । पछि ब्राहृमण वृद्ध भएकोले आफ्नो दर्शन गर्न आउन गाह्रो होला भनेर सुर्यविनायककै परिसरमा उत्पत्ति भएको कथन रहेको पाइन्छ ।
September 19, 2018 12:56 pm | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

