नवलपरासीमा भाइरल ज्वरोले गाउँ नै प्रभावित
8 years अगाडी
Susma Dhakal
नवलपरासी । पूर्वी नवलपरासीको गैँडाकोट-३ को हर्दिमा भाइरल ज्वरोले गाउँ नै प्रभावित बनेको छ। गाउँमा पुगेको नगर स्वास्थ्य शाखाको टोलीले जाँचका क्रममा ज्वरोबाट प्रभावितको सङ्ख्या धेरै रहेको पाएको जनाएको छ। रगत परीक्षणका क्रममा ७८ जनामा भाइरल ज्वरोको सङ्क्रमण भेटिएको नगर स्वास्थ्य शाखा प्रमुख इन्द्रराज शर्माले बताए।
स्वास्थ्य टोलीले सामान्य अवस्थाका बिरामीको हर्दिमा नै उपचार गरेको थियो भने केहीलाई स्वास्थ्यचौकीमा बोलाइएको छ। यसैगरी हर्दिमा पशुमा भ्यागुते रोग देखापरेको छ। भ्यागुते रोगले पशु बिरामी परेपछि नगर पशु शाखाबाट दुई जनाको टोलीले पशुको परीक्षण गरेको गैँडाकोट-३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताए। तिवारी केही दिनअघि हर्दि पुग्दा डेङ्गुका बिरामी देखिएपछि नगर स्वास्थ्य शाखामा जानकारी गराई टोली लगिएको थियो। रासस
September 19, 2018 1:02 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...