Sunday 8th March 2026

बलिउड अभिनेता सलमान खान निर्मित फिल्म ‘लवरात्रि’ को नाम परिवर्तन गरेर ‘लवयात्री

7 years अगाडी

एजेन्सी। बलिउड अभिनेता सलमान खान निर्मित फिल्म ‘लवरात्रि’ को नाम परिवर्तन गरेर ‘लवयात्री’ राखिएको छ। लवरात्रिको नाममा विभिन्न धार्मिक संगठनले आपत्ति जनाएपछि फिल्मको नाम परिवर्तन गरिएको भारतीय संचारमाध्यमले जनाएका छन्। लवरात्रिको नाम हिन्दुको पवित्र वर्त नवरात्रिसँग नाम मिल्न जाने भन्दै धार्मिक संगठनले विरोध जनाएका थिए।  त्यसपछि फिल्मको नाम परिवर्तन गर्दै लवयात्री राखिएको हो। विवादको सुरुवात त्यतिबेला भयो जतिबेला आगरामा संगठन ‘हिन्दु नै अगाडि’ ले फिल्मको टाइटलमाथि आपत्ति जनाउँदै कडा विरोध गरेको थियो। उक्त संगठनले फिल्मको पोस्टरसमेत जलाएको थियो। जब लवरात्रिको ट्रेलर सार्वजनिक भयो त्यसपछि भीड उत्तेजित भयो र विरोध गर्न सुरु गर्यो।एक वकिलले विहारको अदालतमा फिल्मको नाम विरुद्ध मुद्दा नै दायर गरे। उनले फिल्मको नामले हिन्दुहरुको भावनामा ठेस पुर्याएको आरोप लगाएका थिए। केही दिन अगाडि सलमान खानले एक अन्तर्वाताका क्रममा फिल्मले कुनै पनि संस्कृति र धर्म मान्ने मानिसको भावनामा ठेस नपुर्याउने बताएका थिए। फिल्ममा सलमान खानका भिनाजु आयुष शर्मा र अभिनेत्री वरीना हुसेन बलिउडमा डेब्यू गर्दैछन्। फिल्म युनिट यतिबेला फिल्मको प्रमोशनमा जुटेको छ। फिल्मको निर्देशक नवोदित अभिराज मीनावालाले गरेका छन्। यो फिल्म सलमान खानको कम्पनीले बनाएको हो। यो फिल्म ५ अक्टोबरमा रिलीज हुने भएको छ।

          September 19, 2018 1:07 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...