घोडामा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’
टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै विशेष कारणबस बन्द भएको थियो पछि मेरी बास्सै फेरि सुरु भयो तर मैयाँ भने मेरी बास्सैमा भइनन् । माग्ने बुढा नभएका कारण उनी मेरी बास्सैमा थिइनन् ।
मेरी बास्सैमा काम नगर्दा उनले अर्को चर्चित सिरियल जिरे खुर्सानीमा दाल चिनीको भूमिका निर्वाह गरेकी थिइन् ।
तर दर्शकले उनलाई यो भूमिकामा त्यति रुचाएनन् । कारण थियो उनको आधुनिक भूमिका । जिरे खुर्सानीमा दाल चिनी यस्तो पात्र थिइन् जसले सुख सयलको जिन्दगी चाहन्छे र आफ्नो श्रीमान्लाई दलाउन खोज्छे । उनको यो भूमिका दर्शकले रुचाएनन् । तर उनको अभिनयको तारिफ हुन भने कहिल्यै पनि छोडेन ।सुनिताको करिअरमा पनि मैयाँलाई जति माया अरु क्यारेक्टरलाई मिलेको छैन । यहि कारण पनि उनी फेरि त्यहि पात्रको रुपमा मेरी बास्सैमा कमब्याक गरेकी हुन् ।
मेरी बास्सैमा फेरि काम गर्न सुरु गरेकी सुनिता जिरे खुर्सानी फेरि सुरु भयो भने यता पनि काम गर्ने मुडमा छिन् । दर्शकले चाहे र खोजेसम्म आफूले अभिनय गरिरहने उनी बताउँछिन् । यो साताको मेरी बास्सैमा उनको प्रवेश विशेष बनाइएको छ । उनी घोडामा चढेर मेरी बास्सैमा कमब्याक भएकी छिन् ।
September 19, 2018 1:23 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग