Sunday 21st December 2025

घोडामा चढेर मेरी बास्सैमा फर्किइन् ‘मैयाँ’

7 years अगाडी

टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाकी बुढी अर्थात् मैयाँको ‘कमब्याक’ भएको छ । मेरी बास्सैको सुरुवात भएदेखि माग्ने बुढाकी बुढीको भूमिका निर्वाह गरेर चर्चामा आएकी कलाकार सुनिता गौतम उर्फ मैयाँले यो साताको मेरी बास्सैदेखि कमब्याक गरेकी हुन् । उनले दर्शककै माया र मागका कारण आफूले मेरी बास्सैमा कमब्याक गरेको बताइन् । बीचमा मेरी बास्सै विशेष कारणबस बन्द भएको थियो   पछि मेरी बास्सै फेरि सुरु भयो तर मैयाँ भने मेरी बास्सैमा भइनन् । माग्ने बुढा नभएका कारण उनी मेरी बास्सैमा थिइनन् ।
मेरी बास्सैमा काम नगर्दा उनले अर्को चर्चित सिरियल जिरे खुर्सानीमा दाल चिनीको भूमिका निर्वाह गरेकी थिइन् ।

तर दर्शकले उनलाई यो भूमिकामा त्यति रुचाएनन् । कारण थियो उनको आधुनिक भूमिका । जिरे खुर्सानीमा दाल चिनी यस्तो पात्र थिइन् जसले सुख सयलको जिन्दगी चाहन्छे र आफ्नो श्रीमान्लाई दलाउन खोज्छे । उनको यो भूमिका दर्शकले रुचाएनन् । तर उनको अभिनयको तारिफ हुन भने कहिल्यै पनि छोडेन ।सुनिताको करिअरमा पनि मैयाँलाई जति माया अरु क्यारेक्टरलाई मिलेको छैन । यहि कारण पनि उनी फेरि त्यहि पात्रको रुपमा मेरी बास्सैमा कमब्याक गरेकी हुन् ।

मेरी बास्सैमा फेरि काम गर्न सुरु गरेकी सुनिता जिरे खुर्सानी फेरि सुरु भयो भने यता पनि काम गर्ने मुडमा छिन् । दर्शकले चाहे र खोजेसम्म आफूले अभिनय गरिरहने उनी बताउँछिन् ।   यो साताको मेरी बास्सैमा उनको प्रवेश विशेष बनाइएको छ । उनी घोडामा चढेर मेरी बास्सैमा कमब्याक भएकी छिन् ।

          September 19, 2018 1:23 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...