तेस्रो दिन पनि सार्वजनिक यातायात ठप्प हुँदा यात्रुहरु मर्कामा
सुनसरी, ४ असोज । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण आज तेस्रो दिन पूर्वी नेपाल तथा देशभरका सार्वजनिक यातायात ठप्प रहेका छन् । सरकारद्वारा जारी गरिएको सवारी ऐन यातायात मजदुर मैत्री नभएको भन्दै उनीहरुले मंगलबारदेखि सार्वजनिक यातायात नचलाउने निर्णय गरेका हुन् ।
जारी गरिएको ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएका चालकहरुले माग पूरा नभएसम्म यातायात नचलाउने घोषणा गरेका छन् ।नयाँ ऐनले चालहरुलाई मनपरी थुन्ने र दुःख दिने काम सुरु भएकोले आन्दोलन गर्नुपरेको उनीहरुले बताएका छन् । पेशा व्यवसाय गर्दा अन्जानमा हुने गल्तीले पनि जिन्दगीभरी कारबाही भोग्नुपर्ने अवस्थाको सृजना नयाँ ऐनले गरेको उनीहरुको भनाई छ ।
ऐनमा सवारी चालकलाई अपराधी सरह बनाएको , जन्म कैदको फैसला गर्ने व्यवस्था प्रति असन्तुष्ट रहेको र याताायात ठप्प पार्नुको विकल्प नभएको उनीहरुको भनाई रहेको छ । सवारी बन्दका कारण पूर्वका झापा, मोरङ, सुनसरी लगायत पूर्वी पहाडी जिल्लाहरूमा सार्वजनिक यातायात ठप्प रहनुका साथै देशभर हजारौं यात्रुहरू मार्कामा परेका छन् ।
September 20, 2018 11:56 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै