बलात्कारको आरोपमा जेल सजाय काटिरहेका एक कैदीको मृत्यु
8 years अगाडी
Susma Dhakal
गौशाला । महोत्तरी जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गए राति मृत्यु भएको छ।मृत्यु हुनेमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भई विसं २०७४ साल साउन १६ गतेदेखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका ४० वर्षीया रामनरेश शर्मा रहेको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताए।
हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनले जानकारी दिए।
महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए।
September 20, 2018 12:31 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
Loading...