Sunday 29th March 2026

भारतबाट आएको अज्ञात समुहद्वारा सुनसरीमा प्रधानाध्यापकको गोली हानी हत्या

8 years अगाडी

सुनसरी । सुनसरीको भुताहामा अज्ञात समुहले प्रधानाध्यापकको गोली हानी हत्या गरेका छन्।दुई वटा मोटरसाइकलमा भारतीय सीमाबाट आएका ४ जना व्यक्तिको समुहले आज प्रधानाध्यापक हजिद कुर्सिद अन्सारीको गोली हानी हत्या गरेका हुन्। अन्सारीको टाउकोमा ४ वटा गोली प्रहार गरिएको थियो।

गोली प्रहार गरी भाग्दै गरेको उक्त समुहलाई सिमा क्षेत्रमा नेपाली प्रहरी बलले रोक्ने प्रयास गरेपछि प्रहरीमाथि पनि गोली प्रहार भएको थियो। गोली लागेर एक जना प्रहरी घाइते भएका छन्। के कारणले गोली प्रहार भएको भन्ने बारे थाहा हुन सकेको छैन्। घटनाको पूर्ण विवरण आउन बाँकी छ।

          September 20, 2018 12:35 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...