यी बलिउड कलाकारहरु जो भारतमा जन्मिएका होइनन् , दीपिकादेखि कट्रिनासम्म !
भारतिय फिल्महरुमा धेरै हिट कलाकारहरु छन । बलिउडमा राम्रै चर्चा पाएका कलाकारहरु थुप्रै छन् । बलिउड राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् ।
बलिउडमा यस्ता अभिनेता तथा अभिनेत्रीहरुजो भारतमा नजिन्मएपनि बलिउडमा राम्रो ख्याती र हिट फिल्महरु दिएका छन् ।हेर्नुहोस् चर्चीत बलिउड कलाकारहरु जो भारतमा नजिन्मए पनि बलिउडलाई ठुलो योगदान दिएका यस्ता चर्चीत बलिउड कलाकारहरु :
जानी राखौ :-
१ कट्रिना कैफ : बलिउडका दंवग नायक सलमान खानकी विशेष साथी कट्रिना पनि भारतमा जन्मिएकी होइनन् । कैफ हंङकङमा जन्मिएकी हुन् । कैफकी आमा विदेशी हुन् । तर, पिता भने काश्मीरी मुलका हुन् । उनी ब्रिटेनमा बिजेश गर्ने काम गर्छन् । सन् २००३ मा बुम’ फिल्मबाट बलिउड करिअर सुरु गरेकी कैफले त्यसपछि लगातार बलिउडमा काम गरिरहेकी छिन् ।
२ सन्नी लियोन: पुर्व पोर्नस्टार सन्नी लियोन हाल बलिउडकी व्यस्त नायिकाको रुपमा परिचीत छिन् । करनजीत बोहराको रुपमा जन्मिएकी सन्नी लियोनले यत्रो सफलता जीवन कहिल्यै पाउँला भनेर सोचेकी थिइनन् । यिनको जन्म क्यानडामा भएको हो । उनी एक समय बेकरी क्याफीमा काम गर्थिन् ।
३ इमरान खान : इमरान खान, चकलेटी नायकका रुपमा परिचीत यी अभिनेता पनि भारतमा जन्मिएका होइनन् । यी अभिनेता अमेरिकामा जन्मिएका हुन् । त्यस समय उनका माता पिता अमेरिकामा बस्छन् । जब इमरान खानकी आमाले पतिलाई डिभोर्स दिइन, त्यसपछि इमरान र उनकी आमा भारत फर्केका थिए ।
४ दीपिका पादुकोण : आजकल दीपिका बक्स अफिसमा सफलताको ग्यारेन्टी भएकी अभिनेत्रीको रुपमा परिचीत छ । जुन फिल्ममा उनीले काम गरेकी छिन् बक्स अफिसमा ती फिल्महरु एकपछि अर्को गर्दै सुपरहिट भएका छन् ।सायद दीपिकाको बारेमा धेरैलाई थाहा नहुन सक्छ । उनी भारतमा भने जन्मिएकी होइनन् । दीपिकाका पिता ब्याडमिन्टन ट्रेनिङका लागि डेनमार्क गएका थिए । उनीले आफ्नी गर्भवती श्रीमतिलाई पनि लिएर गएका थिए । सोही बखतमा दीपिकाकी आमाले दीपिकालाई कोपेगन शहरमा जन्मदिएकी थिइन् ।
५ मोनिका डोगरा : फिल्म धोबीघाटमा अभिनय गरेकी यी अभिनेत्री न्युर्योकमा जन्मिएकी हुन् । मोनिका अभिनयका साथसाथै गीत गाउने समेत गर्छिन् ।
६ सारा जेन डियाज: फिल्म ओ तेर और एग्री गड्डेस’ जस्तो फिल्म गरेर चर्चाको विषय बनेकी जेन डायस ओमानमा जन्मिएकी हुन् । उनले सन् २००७ मा भएको मे फेमिना मिस इंण्डिया’ को उपाधि समेत जितेकी थिइन् । उनी हट फोटो सुट गरेकै कारण ठुलो चर्चामा रहन्छिन् ।
७ ज्याकलिन फनार्नडेज : बलिउडमा सेक्स एण्ड हट नायिकाको रुपमा परिचीत ज्याकलिन पछिल्लो समय अधिक व्यस्त अभिनेत्रीमा पर्छिन् । उनले बलिउडमा आफ्नो छुट्टै स्थान समेत बनाइसकेकी छिन् । श्रीलंकामा जन्मिएकी यी नायिका सन् २००६ मा बलिउडमा करिअर बनाउन भारत आएकी थिइन् ।
September 20, 2018 2:06 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग