पेट्रोल अभाव, पम्पहरुमा गाडीको लाइन
काठमाडौँ, ५ असोज । काठमाडौँमा पेट्रोलियम पदार्थको अभाव सुरु भएको छ । ठप्पै नभएपनि पेट्रोल पम्पहरुले चाहेजति डिजेल पेट्रोल दिएका छैनन् । काठमाडौँमा रहेका अधिंकाश पेट्रोल पम्पमा ठुलो लाइन लाग्न थालिसकेको छ ।त्यस्तै पोखरामा पनि ३ दिनदेखि पेट्रोलियम पदार्थ आएको छैन ।
दुई गतेदेखि डिजेल पेट्रोल केहीपनि आएको छैन, गण्डकी धवलागिरी पेट्रोलियम डिलर्स एशोसियसनका उपमहासचिव मोहन सुवेदीले भने–केही दिनभित्र ठप्पै हुने अवस्था आउन सक्छ ।’
पोखरा सहित आसपासमा दैनिक डेढलाख लिटर पेट्रोल र ४ लाख लिटर डिजेल खपत हुन्छ । ट्यांकर चालकको आन्दोलनका कारण पेट्रोलियम पदार्थ आयात नभएको सुवेदीले बताए ।
पेट्रोलियम ब्यवसायीहरुले पनि पेट्रोलियम पदार्थको भण्डारणमा कमी भएकाले धेरै स्टक राख्न नसकेको बताएका छन् ।त्यस्तै देशका प्रमुख शहरहरुमा पनि पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सरकारले यसबारे आफ्नो ध्यानाकर्षण भएको बताएपनि प्रभावकारी कदम भने चाल्न सकेको छैन ।
September 21, 2018 12:16 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
राजनीतिक विषयमा प्रवेश गर्दैनौँ तर अशान्ति फैल्याउने गतिविधि रोक्छौँ : काठमाण्डाैका सीडीओ
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै