प्रियंका र दीपिकापछि हलिउड जाने पालो टाइगर श्राफको
एजेन्सी। प्रियंका चोपडा र दीपिका पादुकोणपछि अब हलिउडमा जाने पालो टाइगर श्राफको हो। मुम्बई मिररका अनुसार हलिउड फिल्म सीरीज मार्टल कम्बेटका निर्माता लरेन्स केसेनाफ हलिउडबाट मुम्बई आएका थिए।
उनी बलिउड आउनु पछाडिको कारण टाइगर श्राफ रहेको बताइएको छ। लरेन्स टाइगरसँग आफ्नो नयाँ प्रोजेक्टका विषयमा कुरा गर्न बलिउड आएका हुन्।
बलिउडका चर्चित भिलेन गुलशन ग्रोवरका छोरा संजय ग्रोवर पनि यो प्रोजेक्टमा काम गर्दैछन्। भारतीय संचारमाध्यमका अनुसार यो प्रोजेक्टसँग विगत एक वर्षदेखि जोडिएका संजयले नै लरेन्सलाई टाइगरको नाम सिफारिस गरेका थिए।
टाइगर र संजय स्कुलमा सँगै पढेका थिए। र लरेन्सले जब संजयलाई नयाँ स्क्रिप्ट सुनाए तब उनले नयाँ अनुहारको नाम सिफारिस गरे, जसमध्ये पहिलो नाम टाइगरको थियो।
संचारमाध्यमका अनुसार लरेन्स र उनको टीम टाइगरसँग भेटेर निकै प्रभावित भएको छ। उनीहरुलाई टाइगरको इन्टरनेशनल लुक मात्र होइन, मार्शल आर्टस्मा ट्रेण्ड हुनु पनि प्लस प्वाइन्ट भयो। त्यसो त टाइगर बलिउडमा पनि निधै व्यस्त छन्। उनी चाँडै करण जोहरको फिल्म ‘स्टूडेन्ट आफ द इयर–२’ मा देखिँदैछन्।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :