Sunday 29th March 2026

एसिडसँग लडेकी युवतीले दिएको दर्दनाक बयान , यौन प्रस्ताव नमान्दा आफ्नै ठुलो बाबाले एसिड छ्यापे

8 years अगाडी

रौतहटमा सुतिरहेको अबस्थामा दुई किशोरीमाथी तेजाब छ्यापेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।उक्त आरोपी रौतहटको चन्द्रपुर ६ का ५० वर्षीय रामबाबु पासवानलाई घाइते बनाएको आरोपमा काठमाडौंबाट पक्राउ गरेको हो ।प्रहरीका अनुसार सुतिरहेको अबस्थामा रौतहटका दुई किशोरीमाथी तेजाब छ्यापेका थिए ।पासवानले चन्द्रपुर ६ की १८ वर्षीया सम्झना दास र १५ वर्षीया सुस्मिता दासलाई गएको २६ भदौमा राती १२ बजे सुतेकै ठाउँमा गएर अनुहारमा तेजाब प्रहार गरेका थिए ।पासवानकी ६५ वर्षीया वृद्धा श्रीमती छन्।घाईते सम्झना दास र सुस्मिता दासको किर्तिपुरमा उपचार भइरहेको छ ।

दिदी सम्झनाको शरीर ३५ प्रतिशत भाग तेजाबले जलेको छ ।प्रहरी अनुसन्धानमा सम्झनाकुमारी दासलाई एकतर्फी प्रेम गर्दै आएका थिए । प्रहरीको अनुमानमा एकै दिन रातको समयमा मात्रै दर्जनौंपटक किशोरीलाई फोन गर्नुको कारण एकतर्फी प्रेम हुनसक्ने बताएको छ । पासवानले धरै पटक फोन गर्दा किशोरीले फोन नउठाएपछी आक्रोसमा आएर तेजाब आक्रमण गरेको भन्दै प्रहरीले अनुसन्धान थालेको छ ।पासवानलाई युवतीहरुले ठुलोबाबा भनेर बोलाउने गरेका थिए ।

          September 21, 2018 1:23 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...