के रोनाल्डोको दुर्दिन सुरु भएकै हो ?
म्याड्रिड, ६ असोज । फुटबलको दुनियाँमा रोनाल्डो चानचुने नाम होइन । उनी युरोपियन च्याम्पियन्स लिगकै सर्वाधिक सफल खेलाडीमा पर्छन् । तर, पनि रियल मड्रिड छाडेपछि उनको जीवनका संयोगहरुले उनको दुर्दिन सुरु भएको संकेत गरिरहेका छन् ।मौका कुरेर बसिरहेका जस्ता लाग्ने कतिपयले उनको तीव्र आलोचना सुरु गरेका छन् । यसका लागि प्रशस्तै स्थान दिइरहेका छन् क्रिश्चियानो रोनाल्डोले पनि । युरोपियन च्याम्पियन्स लिगमा पहिलोपटक रातो कार्ड पाएपछि सामाजिक सञ्जालमा उनको दोहोलो काड्न थालिएको छ । यो अभियानमा साथ दिएका छन् उनकै समर्थक र स्पेनिस पत्रिकाहरुले पनि ।
स्पेन छोडेर युभेन्टस पुगेको रोनाल्डोको दुर्दिन सुरु भइरहँदा उता उनका सदावहार प्रतिष्पर्धी लियोनेल मेसी भने चम्किरहेका छन् । मेसीले ह्याट्रिकको चाङ लगाइरहे लगत्तै मैदानमा उत्रिएका रोनाल्डोका लागि पनि समय त्यति भाग्यशाली बन्न सकेन । युभेन्टसबाट भ्यालेन्सियाविरुद्ध मैदानमा उत्रिएका रोनाल्डोले च्याम्पियन्स लिगको डेब्यू खेलमा रातो कार्ड पाए ।अप्रत्याशित यस्तो नतिजा पाएपछि उनी मैदानमा लडिबुडी खेले र रुँदै मैदानबाट बाहिर निस्किए । भ्यालेन्सियाविरुद्धको २९औँ मिनेटमा उनले सीधै रातो कार्ड पाउनका लागि उनले जेसिन मुरिलोको कपाल तानेका थिए र आक्रामक व्यवहार देखाएका थिए ।
मड्रिड छाडेर रोनाल्डोले धोका दिएको निष्कर्ष निकालेका मड्रिडका समर्थक र स्पेनिस मिडियाले अहिले उनको कडा आलोचना गरिरहेका छन् स्पेनिस दैनिक पत्रिका मार्काले त ‘रोनाल्डोको युग समाप्त’ शीर्षक राखी समाचार नै छापे । मार्काले लेखेको छ, ‘रियललाई झुक्याएका रोनाल्डोलाई युभेन्टसमा कस्तो भयो, रियलका असंख्य समर्थक पनि रोनाल्डोको निर्णयमा दुःखी बनेका थिए, रातो कार्ड पाएको दिनमा उनीहरू निकै खुसी भए ।’ मड्रिडका एक समर्थक भन्छन्, ‘विचरा रोनाल्डो, बालापन देखाउँदै के के न पाउँछु भन्दै मड्रिड छाडेर युभेन्टस गएका थिए, के-के न पाउँला भन्ने उनले रातो कार्ड पाएछन् ।’ कतिपयले उनको घमण्ड तोडिएको निष्कर्ष पनि निकालेका छन् । यद्यपि, ट्वीटरमा उनको समर्थनमा ट्वीटहरु पनि ओइरिइरहेका छन् ।
September 22, 2018 10:29 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :