भूकम्पको तीन वर्ष बितिसक्दा पनि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून
बनेपा, ६ असोज । भूकम्प गएको तीन वर्ष बितिसक्दासमेत निजी आवास पुनःनिर्माणको लागि तेस्रो किस्ता लिनेको सङ्ख्या न्यून रहेको पाइएको छ ।जिल्लामा निजी आवास पुनःनिर्माण गर्न भदौ महिनासम्ममा तेस्रो किस्ता लिनेको सङ्ख्या १६ हजार १३४ रहेको आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका प्रमुख लोकनाथ रेग्मीले बताए । जिल्लामा ९० हजार ४९७ घर परिवारको सर्वेक्षण भएकामा पहिचान भएका ८२ हजार ८३३ लाभग्राही थिए । तीमध्ये गुनासो फछ्र्योट भएर आएकासहित गरेर पूर्ण लाभग्राही (पूर्ण क्षति)को सङ्ख्या ७७ हजार ४१४ र प्रवलीकरण लाभग्राहीको सङ्ख्या पाँच हजार ४१९ थियो ।
‘अब पहिलो किस्ता र दोस्रो किस्ताका लागि माग गर्न आउनेको सङ्ख्या निकै कम देखिएको छ ।’ प्रमुख रेग्मीले भने । जिल्लाका लाभग्राहीमध्ये ६७ हजार २५९ घरपरिवारले पहिलो किस्ता प्राप्त गरिसकेका छन् भने दोस्रो किस्ता प्राप्त गर्नेको सङ्ख्या ४४ हजार ९० छ ।गैरसरकारी संस्थामार्फत पहिलो किस्ता दुई हजार ६१०, दोस्रो किस्ता दुई हजार १३४ र तेस्रो किस्ता एक हजार ४८५ लाभग्राहीलाई प्रदान गरिएकोे थियो ।
September 22, 2018 11:13 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै