निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि अपनाइदैंछ यस्तो विधि
काठमाडौं, ६ असोज । बलात्कारपछि हत्या गरिएकि निर्मला पन्तको घटनाको अनुसन्धानको विधि परिवर्तन गरिएको छ । उक्त घटनाको अनुसन्धान गर्नै जिम्वेवारी पाएकी एसपी दुर्गासिंह चन्दले निर्मलाको परिवारका सदस्यसँग वान टु वान सोधपुछ गरेकी हुन्।
उनले बिहीबार निर्मलाका बुबा यज्ञराजसँग घटनाबारे जानकारी लिईन् भने शुक्रबार आमा र दिदीसँग छलफल गरेर घटनाबारे थप अनुसन्धान गरेकी छन् । घटना भएको लामो समय बितिसक्दा पनि अपराधी पत्ता नलागेपछि सरकारले पछिल्लोपटक केही दिन अघि मात्र दुर्गासिंह चन्दलाई कञ्चनपुर खटाएको हो।
निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागीहरुले कञ्चनपुर घटनाका दोषीलाई पक्राउ गर्न सरकारसँग माग गरेका छन्। दोषिलाई छिटो भन्दा छिटो कानुनी कठघरामा उभ्याउनु पर्नै अावाज सर्वत्र बुलन्द भएको छ ।
September 22, 2018 3:15 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पताल भर्ना
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै