रियल मड्रिडका स्टार खेलाडी लुका मोड्रिचलाई जेल सजाय
7 years अगाडी
Susma Dhakal
एजेन्सी, ७ असोज । रियल मड्रिडका स्टार खेलाडी तथा यूरोपियन वर्ष खेलाडी लुका मोड्रिचलाई क्रोएशियाको एक अदालतले कर छली गरेको आरोपमा जेल सजाय साथै जरिवाना समेत सुनाएको छ ।उनलाई ८ महिनाको जे सजाय तथा १.४ मिलियन यूरो जरिवाना सुनाएको हो ।
एल मुन्डोमा प्रकाशित समाचार अनुसार मोड्रिचले आफ्नो इमेज राइट (तस्बिर अधिकार) बापत प्राप्त गरेको रकमको कर सरकारलाई नतिरेको कारणले उनीमाथि अदालतले सजाय सुनाएको हो ।
मिडिया रिपोर्टका अनुसार मोड्रिचले इमेज राइट बापतको रकम ८ लाख ७० हजार ७२८ यूरो सरकारलाई तिरेका थिएनन् ।
सन् २०१३ तथा २०१४ मा लक्जम्बर्गको एक कम्पनीले उनको तस्बिर प्रयोग गरेको थियो ।मोड्रिचमाथि जेल सजाय सुनाइए पनि उनी जेलमा भने बस्नु पर्दैन । उनले जेल सजायबापत थप ६० हजार यूरो तिर्ने एल मुन्डोले बताएको छ ।
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :
Loading...