Sunday 21st December 2025

‘धूम थ्री’ मै कटरिनाप्रति मोहित भएका आमिरले यसरी खोले मनको कुरा

7 years अगाडी

एजेन्सी,  असोज । मल्टीस्टार र बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर चाँडै नै रिलिज हुँदैछ । महानायक अमिताभ बच्चन, मिस्टर पर्फेक्सनिस्ट आमिर खान, क्युट कटरिना र दंगल अभिनेत्री फातिमा सना शेख अभिनित यो फिल्मको कलाकार र उनीहरुको भूमिकाबारे निर्माताले बिस्तारै केही खुलासा गर्दैछन् ।

यसैबीच फिल्मको टिमले फिल्मी अभिनेत्री कटरिना कैफको भूमिकाबारे खुलासा गरेका छन् । टोलीले कटरिनाको एउटा मोशन पोस्टर सार्वजनिक गरेको छ जसमा उनी निकै सुन्दर देखिएकी छिन् । उक्त मोशन पोस्टरलाई प्रोडक्सन कम्पनी यश राज फिल्म, अमिताभ बच्चन र आमिरले आफ्नो अफिशियल ट्वीटर अकाउन्टमा शेयर गरेका छन् ।

आमिरले ट्वीटरमा उक्त मोशन पोस्टरलाई शेयर गर्दै लेख्दै कटरिनालाई आफ्नो मनको भावना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुरैया जान…….सबैभन्दा सुन्दर ठग । धूम ३ कै समयमा मेरो दिल उनीमाथि आएको थियो……तर भन्ने हिम्मत नै भएन । कसैले यदि उनलाई यो कुरा बताइदिए निकै आभारी हुने थिए ।’आमिरका फ्यानहरुले उनको यो ट्वीटलाई निकै मन पराएका छन् ।

कटरिना अघि अहिलेसम्म अमिताभ बच्चन, फतिमा सना शेख र फिल्ममा अंग्रेजी शासकको भूमिकामा रहेका कलाकार जन क्लाइवको लुक सार्वजनिक भैसकेको छ । अहिले फिल्मको शूटिङ समाप्त भैसकेको छ र पोस्ट प्रोडक्सनमा काम भैरहेको छ ।

          September 23, 2018 10:47 am | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...