‘धूम थ्री’ मै कटरिनाप्रति मोहित भएका आमिरले यसरी खोले मनको कुरा
एजेन्सी, असोज । मल्टीस्टार र बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ को ट्रेलर चाँडै नै रिलिज हुँदैछ । महानायक अमिताभ बच्चन, मिस्टर पर्फेक्सनिस्ट आमिर खान, क्युट कटरिना र दंगल अभिनेत्री फातिमा सना शेख अभिनित यो फिल्मको कलाकार र उनीहरुको भूमिकाबारे निर्माताले बिस्तारै केही खुलासा गर्दैछन् ।
यसैबीच फिल्मको टिमले फिल्मी अभिनेत्री कटरिना कैफको भूमिकाबारे खुलासा गरेका छन् । टोलीले कटरिनाको एउटा मोशन पोस्टर सार्वजनिक गरेको छ जसमा उनी निकै सुन्दर देखिएकी छिन् । उक्त मोशन पोस्टरलाई प्रोडक्सन कम्पनी यश राज फिल्म, अमिताभ बच्चन र आमिरले आफ्नो अफिशियल ट्वीटर अकाउन्टमा शेयर गरेका छन् ।
आमिरले ट्वीटरमा उक्त मोशन पोस्टरलाई शेयर गर्दै लेख्दै कटरिनालाई आफ्नो मनको भावना व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुरैया जान…….सबैभन्दा सुन्दर ठग । धूम ३ कै समयमा मेरो दिल उनीमाथि आएको थियो……तर भन्ने हिम्मत नै भएन । कसैले यदि उनलाई यो कुरा बताइदिए निकै आभारी हुने थिए ।’आमिरका फ्यानहरुले उनको यो ट्वीटलाई निकै मन पराएका छन् ।
कटरिना अघि अहिलेसम्म अमिताभ बच्चन, फतिमा सना शेख र फिल्ममा अंग्रेजी शासकको भूमिकामा रहेका कलाकार जन क्लाइवको लुक सार्वजनिक भैसकेको छ । अहिले फिल्मको शूटिङ समाप्त भैसकेको छ र पोस्ट प्रोडक्सनमा काम भैरहेको छ ।
September 23, 2018 10:47 am | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग