

म्यानचेस्टर युनाइटेड बराबरीमा रोकियो, टोटनहमको कठिन जित
7 years अगाडी
Susma Dhakal

एजेन्सी, ७ असोज । शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड वुल्भ्सह्याम्टनसँग १-१ गोलको बराबरीमा रोकिएको छ।म्यानुको घरेलु मैदानमा भएको खेलमा अग्रता पनि म्यानुले नै लिएको थियो ।खेलको १८ औं मिनेटमा फ्रेडले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा वुल्भ्सले सानदार खेल खेल्यो । खेलको ५३ औं मिनेटमा वुल्भ्सका जोओ मौटिंहोले बराबरी गोल फर्काए ।
म्यानुले खेलमा फर्कन धेरै नै प्रयास गरेको थियो । तर, गोल गर्न भने सकेन ।
यो बराबरीसंगै युनाइटेडले ६ खेलबाट १० अंक जोडेको छ । दुई खेल पराजित भएको म्यानुले यस सिजन कठिन यात्रा गर्नुपर्ने अनुमान गरिएको छ ।
त्यस्तै गएराति नै भएको खेलमा टोटनहमले बाइटन एण्ड होभ हेल्भियनलाई २-१ गोलले पराजित गरेको छ । टोटनहमका लागि ह्यारी केन र इरिक लामेलाले एकएक गोल गरेका थिए भने ब्राइटनका लागि एन्थोनीले गोल गरे ।

प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

