भायानेटले ल्यायो ‘महाचाड, महाबचत, महाअफर’ योजना
काठमाडौँ, ७ असोज । नेपालको पहिलो र विशाल एफटिटिएच (फाइबर टु होम) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेसन्सले चाडपर्व लक्षित नयाँ योजना सार्वजनिक गरेको छ ।आफ्ना देशव्यापीरुपमा फैलिएका उपभोक्ताका लागि दशैं तिहारको अवसरमा ‘महाचाड, महाबचत, महाअफर’ योजना बजारमा ल्याएको हो ।
यस योजनाअन्तर्गत ग्राहकले वार्षिक सेवा लिँदा ४४% सम्मको महाबचत गर्न सक्ने भायानेटले जनाएको छ । साथै, उपभोक्ताले १२ महिनाको लागि १९० भन्दा बढी च्यानलहरु भएको नेटटिभीका साथै यसको सेटअप बक्स समेत निःशुल्क प्राप्त गर्न सक्नेछन् ।महाचाडको यस महाअफरमार्फत् ग्राहकले केवल ९९९ प्रति महिनामा २० एमबिपिएस, १,१४९ मा ३० एमबिपिएस र १३९९ मा ६० एमबिपिएस स्पिडको इन्टरनेटका साथै १२ महिनाको निःशुल्क नेटटिभीको मज्जा लिन सक्नेछन् । यति मात्र नभई यस अफर अन्तर्गत ग्राहकहरुले निःशुल्क जडानका साथै निःशुल्क एफटिटिएच केबल र राउटर प्राप्त गर्न सक्नेछन् । भायनेटको यो अफर कार्तिक ३०, २०७५ सम्मका लागि मात्र लागू हुनेछ ।
सन् १९९९ मा स्थापित भायनेट कम्युनिकेसन्स्ले भरपर्दो र राम्रो मूल्यमा ब्रोडब्यान्ड इन्टरनेट सर्भिस प्रदान गर्नमा सधैं अगाडी रहिआएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्स्ले फाइबर अप्टिक्स् इन्टरनेट वा एफटिटिएच इन्टरनेट सर्भिस शुरुवात गरेको थियो र यो क्षेत्रका घरहरु र अफिसहरुलाई एफटिटिएच सेवाले जोड्न सफल भएको छ ।
September 23, 2018 4:07 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय