

जान्नुहोस राजयोग बारे ,भाग्य कसले देखेको हुन्छ र कतै तपाईंको भाग्यमा पनि राजयोग पो छ कि ?

भारतीय उपमहाद्धीपमा व्यक्तिको स्वभाव बुझ्न र उसको भविष्यको रहस्य सुल्झाउन विभिन्न विद्याहरुको मद्दत लिने लामो प्रचलन रहिआएको छ । जसमा विभिन्न शास्त्र मार्फत व्यक्तिको बारेमा बुझ्न सकिन्छ । जानी राखौ :
१. राजयोगको परिस्थिती : जातक भरण ग्रन्थका रचनाकार आचार्य ढुण्डीराजका अनुसार जो व्यक्तिको जन्मको समयमा उसको कुण्डलीमा राजयोगको परिस्थिती बन्दछ । पुरुषको दाँया हात र खुट्टामा तथा महिलाको बाँया हात र खुट्टामा यदि कुनै प्रकारको राजचिन्ह् देखियो भने जीवन सुखमय र सम्पत्तिले भरपुर भएर बित्ने उल्लेख छ ।
२. विभिन्न चिन्ह : सामुद्रिक शास्त्रका रचनाकार महर्षि समुद्रको भनाईअनुसार जुन व्यक्तिको पैतालाको तल अंकुश, कुंडल वा चक्रको निशान देखिन्छ, उ एक राम्रो शासक बनेर राष्ट्रको प्रतिनिधित्व गर्नसक्छ ।
३. विभिन्न निशान : जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हात वा खुट्टामा हस्ती, छत्र, माछा, तलाउ, अंकुश वा वीणाको निशान हुन्छ । सो व्यक्ति उत्तम र मानिसहरुमा सर्वश्रेष्ठ हुन्छ ।
४. राज्यको अवसर: जातक भरण ग्रन्थका अनुसार जुन व्यक्तिको हातको बीचमा शक्ति, तोमर, बाण, रथ। चक्र वा ध्वजाको निशान हुन्छ त्यो व्यक्तिलाई शासन गर्ने ठूलो अवसर प्राप्त हुन्छ । जसको उसले फाइदा पनि उठाउन सक्छ ।
५. लक्ष्मीको प्रिय: यस्तो व्यक्ति जसको खुट्टामा कुनै पाङ्ग्रा वा चक्रको साथै कमल आसनको निशान हुन्छ, उसलाई प्रशस्त जमीन, घर प्राप्त हुन्छ र जीवनभर उ सुशी र सम्पन्न हुन्छ । यसको घरमा सधै लक्ष्मीको बास हुने हुँदा उसलाई धनको कमी हुँदैन ।
६. कोठी: जुन व्यक्तिको हातको बीचमा कोठी हुन्छ उ एकमै धनी तथा समाजिक रुपमा प्रतिष्ठित हुने गर्छ । यसको साथै जुन व्यक्तिको पैतालामा कोठी तथा कुनै सवारीको चिन्ह् हुन्छ उ एकदमै राम्रो र कुशल शासकको रुपमा चिनिन्छ ।
७. भाग्य रेखा: माझको औलाको ठीक तल मणि बन्धनसम्म फैलिएको रेखा जसलाई भाग्यरेखा भनिन्छ, यो रेखा प्रष्ट र कहींपनि नछुटेको भएमा त्यस्तो व्यक्तिलाई सबै प्रकारको सुख, सुविधा र मानसम्मान प्राप्त हुन्छ ।
८. विभिन्न अगंहरुबाट ज्ञान : समुद्र शास्त्रका अनुसार जो व्यक्तिको चौडा छाती, लामो नाक, र गहिरो नाइटो हुन्छ, उसको भाग्यले उसलाई एक ठूलो शासक बन्न सहयोग पुर्याउँछ ।
राजयोग को शर्त
राजयोग तबसम्म सिद्ध मानिदैंन जबसम्म राजयोगको लक्षण व्यक्तिको शारिरिक अंग र उसको शारिररिक बनावटमा देखा पर्दैन भन्ने मान्यता छ ।
राजयोगको निश्चितता
माथि उल्लेखित लक्षणहरुले राजयोगको संकेत गरेपनि राजयोगको निश्चितता केही महत्वपूर्ण चिन्ह्हरुमा रहन्छ । हात वा पैतालामा शंख, चक्र, गधा खड्ग, अंकुश, धनुष, बाण आदि चिन्ह् भएमा राजयोगको निश्चितता भएको मानिन्छ ।
September 25, 2018 11:13 am | टिप्स/जानकारी
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

नेपालकी लोकप्रिय लोकदोहोरी गायिका प्रीति आले, भोलि बिहान १०:३० बजे कुवेत आउदै।

स्वास्थ्य बीमा समयमा नवीकरण नगरे चार गुणासम्म थप शुल्क लगाउने सरकारको चेतावनी

दाङको देउखुरीमा टिप्परको ठक्कर बाट मोटर साइकालमा स्वारी दुई जाना मध्य एक जनाको मिर्त्यु

एकदिवसीय शृङ्खलाको पहिलो खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई हरायो

नेपाल कुवेत संस्कृतिक मन्चले आयोजना गरेको हरितालिका तिज बिशेष सांगितिक धमका २०२५

इजरायली राष्ट्रपतिसँग विपिनकी आमा र बहिनीको भेट

किरात राई यायोक्खा कुवेतको चौथो अधिवेशन १२ सेप्टेम्बरमा केन्द्रिय अध्यक्ष जीवन हाताचो राई कुबेत आउँदै

संखुवासभा समाज कुवेतको प्रथम वार्षिक उत्सव सम्पन्न

