रणबीर कपुरले रणवीर सिंहलाई दिए यस्तो च्यालेन्ज
एजेन्सी, असोज । बलिउड अभिनेता रणबीर कपुरले अर्का अभिनेता रणवीर सिंहलाई एउटा यस्तो जटिल कामको चुनौती दिएका छन् जसलाई गर्न अक्षय कुमारजस्ता मार्सल आर्टस कलाकार पनि असफल भैसकेका छन् । त्यो हो सियो धागो च्यालेन्ज । जसलाई रणबीरले भने पास गरेका छन् । २८ सेप्टेम्बरमा बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागा रिलिज हुँदैछ । यस फिल्मको प्रोमोशनका लागि अहिले सामाजिक सञ्जालमा सियो धागो च्यालेन्ज चलाइएको छ जसमा सेलिब्रेटिहरु एक अर्कालाई सियोमा धागो छिराउने च्यालेन्ज दिँदैछन् ।
वरुणको आग्रहमा अक्षय कुमारले यस च्यालेन्जलाई शुरु गरेका थिए र उनले आफ्नो एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनी सियोभित्र धागो छिराउने प्रयास त गर्छन् तर असफल रहन्छन् ।हालै बरुणले करण जोहर र रणबीर कपुरको एउटा भिडियो पोस्ट गरेका छन् जसमा ती दुई सियो भित्र धागो छिराउने प्रयास गरिरहेका देखिएका छन् । यो रमाइलो च्यालेन्जमा करण असफल रहन्छन् तर रणबीर भने सफल हुन्छन् । यसै क्रममा भिडियो मार्फत यस कामका लागि करण अभिनेत्री दिपिका पादुकोणलाई च्यालेन्ज गर्छन् भने रणबीर दिपिकाका प्रेमी अभिनेता रणवीरलाई च्यालेन्ज गर्छन् । रोचक कुरा चुनौतीका लागि सधै तयार रहने रणवीर यस च्यालेन्जमा पनि संलग्न भएका छन् ।
September 25, 2018 12:44 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :