रणबीर कपुरले रणवीर सिंहलाई दिए यस्तो च्यालेन्ज
एजेन्सी, असोज । बलिउड अभिनेता रणबीर कपुरले अर्का अभिनेता रणवीर सिंहलाई एउटा यस्तो जटिल कामको चुनौती दिएका छन् जसलाई गर्न अक्षय कुमारजस्ता मार्सल आर्टस कलाकार पनि असफल भैसकेका छन् । त्यो हो सियो धागो च्यालेन्ज । जसलाई रणबीरले भने पास गरेका छन् । २८ सेप्टेम्बरमा बरुण धवन र अनुष्का शर्माको फिल्म सुई धागा रिलिज हुँदैछ । यस फिल्मको प्रोमोशनका लागि अहिले सामाजिक सञ्जालमा सियो धागो च्यालेन्ज चलाइएको छ जसमा सेलिब्रेटिहरु एक अर्कालाई सियोमा धागो छिराउने च्यालेन्ज दिँदैछन् ।
वरुणको आग्रहमा अक्षय कुमारले यस च्यालेन्जलाई शुरु गरेका थिए र उनले आफ्नो एउटा भिडियो पोस्ट गरेका थिए जसमा उनी सियोभित्र धागो छिराउने प्रयास त गर्छन् तर असफल रहन्छन् ।हालै बरुणले करण जोहर र रणबीर कपुरको एउटा भिडियो पोस्ट गरेका छन् जसमा ती दुई सियो भित्र धागो छिराउने प्रयास गरिरहेका देखिएका छन् । यो रमाइलो च्यालेन्जमा करण असफल रहन्छन् तर रणबीर भने सफल हुन्छन् । यसै क्रममा भिडियो मार्फत यस कामका लागि करण अभिनेत्री दिपिका पादुकोणलाई च्यालेन्ज गर्छन् भने रणबीर दिपिकाका प्रेमी अभिनेता रणवीरलाई च्यालेन्ज गर्छन् । रोचक कुरा चुनौतीका लागि सधै तयार रहने रणवीर यस च्यालेन्जमा पनि संलग्न भएका छन् ।
September 25, 2018 12:44 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग