Friday 27th March 2026

उदयपुर र सुनसरीको सीमामा मिनी पानीजहाज सुरु

8 years अगाडी

उदयपुर, असोज ९ गते । उदयपुर र सुनसरीको सीमा चतराबाट सप्तकोसी हुँदै भोजपुर र धनकुटातर्फ चल्ने मिनी पानीजहाज वर्षामा स्थगित रहेकोमा सोमबारबाट सञ्चालनमा आएको छ ।

तीन महिना स्थगित मिनी पानीजहाज नजिकिँदो पर्व दसैँ र तिहारलाई मध्यानमा रहखेर पुनः सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सदस्य पर्शुराम राईले बताए। उनका अनुसार दसैँ, तिहारमा पहाडी भेगका गाउँघर फर्किने यात्रु अत्याधिक हुने र उनीलाई सुविधा पु¥याउने उद्देश्यले सञ्चालनमा ल्याएको हो ।

वर्षाका कारण सप्तकोसीको बहाव बढ्ने कारणले असार, साउन र भदौ स्थगित गरिएको थियो ।
वर्षात्मा कमी आएसँगै सप्तकोसीको पानी घटेर पुरानै अवस्थामा आएकाले मिनि पानीजहाज अर्थात जेटबोट सञ्चालन गर्न सकिएको राईले बताए । स्थगित भएपछिको पहिलो दिन आज क्यान–१ ले एकपटक यात्रा भरेको थियो ।

          September 25, 2018 2:02 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...