Friday 27th March 2026

श्रेया विक हत्या प्रकरणः छिमेकी पक्राउ

8 years अगाडी

पोखरा, १० असोज ।  पोखरा २२ पुम्दीभुम्दी कोदीकी १० वर्षीया श्रेया बिक (सुनार) लाई बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले एक दिनमै समातेको छ । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै सफलता हात परेको हो ।

श्रोतका अनुसार श्रेयालाई आफ्नै छिमेकीले बलात्कारपछि हत्या गरेका हुन् । घटनापछि शंकास्पद आधा दर्जन बढीलाई पक्राउ गरिएको थियो पक्राउ पर्नेहरु सबै पुम्दीभुम्दीकै हुन् । तीन जनामा बढी शंका लागेकोमा एक जनाले भने स्विकार गरिसकेको बताएको छ ।

यसबारेमा पुष्टि गर्न कार्यक्षेत्र रहेको वडा प्रहरी कार्यालय बैदाम प्रहरी प्रमुख डिएसपी नविन कार्कीलाई सोध्दा अपराधमा संलग्न पक्राउ परिसकेको जनाए । यद्यपी, उनले पक्राउ परेकाबारे थप कुरा खोल्न चाहेनन् । उनले पत्रकार सम्मेलन गरेरै यस सम्बन्धमा जानकारी दिने उल्लेख गरे ।

          September 26, 2018 11:27 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...