कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल !
जिल्लाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो । दोलखाली उद्योगीको लगानी रहेको केबुलकारमा चार वटा गोण्डला रहने र प्रत्येकमा १० जना बस्न सक्ने क्षमता रहेको कम्पनीले जनाएको छ ।
पहिलो चरणमा १५ देखि २० दिनसम्म परीक्षण गर्नुपर्ने भएकाले तीन दिनदेखि गोण्डला राखेर इञ्जिनियरिङ परीक्षण भइरहेको छ । धार्मिक पर्यटकीय क्षेत्र कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म ९०० मिटर लामो दूरीको केबुलकार निर्माण गरिएको हो ।
दशैँअघि देखि नै व्यावसायिक सञ्चालनमा आउने तयारीका साथ केबुलकार निर्माणको काम गरिरहेको भए तापनि स्विटजरल्याण्डबाट प्राविधिक आइनपुगेका कारण केही ढिला हुन गएको कालीञ्चोक दर्शन प्रालिले जानकारी दिए ।
दशैंलगत्तै स्विटजरल्याण्डबाट इलेक्ट्रिकल र प्रोग्रामर इञ्जिनियर आइपुग्ने र केही दिनको परीक्षणपश्चात् मङ्सिरबाट मात्र पूर्णरुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ । २६ करोडमा केबुलकार निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण शुरु गरेको कम्पनीको लागत बढेर रु ४० करोड पुगेको कम्पनीले जनाएको छ ।
September 26, 2018 12:07 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी