जब रियल मड्रिडमा यस्तो विवाद चल्यो
काठमाडौँ, १० असोज । रियल मड्रिडले चेल्सीबाट गोलकिपर थोबाउट कोर्तोवा खरिद गरेको पनि ४८ दिन भइसकेको छ । केलर नाभसको प्रदर्शन राम्रो हुँदा–हुँदै पनि रियलले कोर्तोवालाई भित्र्याएपछि दुई गोलकिपरमध्ये कुन चाँहि पहिलो नम्बरमा पर्ने हो भनेर रियलका फ्यानहरुमात्रै होइन फुटबलप्रेमी सबैको चासोको विषय बनेको छ ।
प्रशिक्षक जुलेन लोपेटेगुईले पनि कुन चाँही गोलकिपर प्राथमिकतामा छ भनेर प्रश्ट पारेका छैनन् । तर, उनले दुबै गोलकिपरलाई खेल्ने समय भने दिएका छन् । गोलकिपरको बारेमा उनले भनेका छन् ‘म यसबारेमा केही पनि भन्नेवाला छैन ।’
केलर नाभासले हालसम्म तीन खेल खेलेका छन् । उनले उनले ला लिगामा गेटाफेसँग तथा च्याम्पियन्स लिगमा रोमासँग क्लिन सिट राखेका छन् ।
उता कोर्तोवाले भने तीन खेल नै खेल्न पाएका छन् । उनले लेगानेसविरुद्ध तथा एथ्लेटिकविरुद्ध क्लिन सिट राख्न सकेनन् । तर इस्पयानियोलविरु४ भने क्लिन सिट राखेका थिए ।केलर नाभासले राम्रो गर्दागर्दै कोर्तोवालाई गोलपोस्टको जिम्मेवारी दिँदा नाभास समर्थक रिसाउने अर्कोतिर महँगो मूल्यमा खरिद गरेको कोर्तोवालाई बेन्चमा राख्दा रियलको बोर्ड रिसाउने हुँदा लोपेतेगुई दोधारमा रहेका छन् ।
September 26, 2018 12:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी