जब रियल मड्रिडमा यस्तो विवाद चल्यो
काठमाडौँ, १० असोज । रियल मड्रिडले चेल्सीबाट गोलकिपर थोबाउट कोर्तोवा खरिद गरेको पनि ४८ दिन भइसकेको छ । केलर नाभसको प्रदर्शन राम्रो हुँदा–हुँदै पनि रियलले कोर्तोवालाई भित्र्याएपछि दुई गोलकिपरमध्ये कुन चाँहि पहिलो नम्बरमा पर्ने हो भनेर रियलका फ्यानहरुमात्रै होइन फुटबलप्रेमी सबैको चासोको विषय बनेको छ ।
प्रशिक्षक जुलेन लोपेटेगुईले पनि कुन चाँही गोलकिपर प्राथमिकतामा छ भनेर प्रश्ट पारेका छैनन् । तर, उनले दुबै गोलकिपरलाई खेल्ने समय भने दिएका छन् । गोलकिपरको बारेमा उनले भनेका छन् ‘म यसबारेमा केही पनि भन्नेवाला छैन ।’
केलर नाभासले हालसम्म तीन खेल खेलेका छन् । उनले उनले ला लिगामा गेटाफेसँग तथा च्याम्पियन्स लिगमा रोमासँग क्लिन सिट राखेका छन् ।
उता कोर्तोवाले भने तीन खेल नै खेल्न पाएका छन् । उनले लेगानेसविरुद्ध तथा एथ्लेटिकविरुद्ध क्लिन सिट राख्न सकेनन् । तर इस्पयानियोलविरु४ भने क्लिन सिट राखेका थिए ।केलर नाभासले राम्रो गर्दागर्दै कोर्तोवालाई गोलपोस्टको जिम्मेवारी दिँदा नाभास समर्थक रिसाउने अर्कोतिर महँगो मूल्यमा खरिद गरेको कोर्तोवालाई बेन्चमा राख्दा रियलको बोर्ड रिसाउने हुँदा लोपेतेगुई दोधारमा रहेका छन् ।
September 26, 2018 12:18 pm | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :