(स्थलगत रिपोर्ट),१० बर्षिय छोरीको नाङ्गो शब झाडीमा देखेपछि आमा अर्धचेत, बलत्कार पछि हत्या भएको आशंका
पुम्दीभुम्दीको कोदी भन्ने स्थानमा (मंगलबार) सबेरै बालिका मृत भेटिइन् । १० वर्षीया श्रेया बिक (सुनार) हिजो साँझ साढे ६ बजेदेखि घर फर्केकी थिईनन् । आफन्तले राति सम्म खोजी गर्दा भेट्टाएनन् । तर बिहानै श्रेया मृत अवस्थामा भेटिइन् ।मंगलबार बिहान ८ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मामा घरबाट पसलतिर जाने बाटोमा पर्ने खोल्सा छेउको झाडीमा शव भेटिएको हो । स्थानीयका अनुसार श्रेया बिस्कुट किन्न भनेर पसलतिर गएकी थिईन्, तर फर्केर आईनन् ।झाडीमा शव घोप्टो परेको अवस्थामा थियो ।
बालिकाको निधारमा ढुंगाले हानेर हत्या भएको अनुमान गरिएको छ । शवको छेउमै रगत लागेको ढुंगा भेटिएको छ । तलको कपडा खोलिएको र माथिल्लो भागको कपडा घाँटीसम्मै सोहोरिएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले हत्या भएको देखिएपनि रेप भएको बारे पोष्टमार्टम रिपोर्टपछि नै थाहा हुने बताए ।बलात्कारपछि हत्या हो ? भन्ने ‘मर्डर भएको छ ।रेप भन्ने कुरा प्रहरीले कसरी बताउने ? पोष्टमार्टमका लागि हस्पिटल ल्याइएको छ । रिपोर्टले नै बताउँछ ।’ डिएसपी कार्कीले भने ।
September 26, 2018 12:32 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय