Tuesday 22nd July 2025

रियल मड्रिडको लज्जास्पद हार

7 years अगाडी

काठमाडौँ, ११ असोज । स्पेनिस ला लिगामा रियल मड्रिड सेभियासंग ३-० गोलले पराजित भएको छ ।सेभियाको घरेलु मैदानमा भएको खेलमा रियलले यस सिजनको पहिलो हार व्यहोरेको छ । त्यस्तै बार्सिलोनासँग अंकदुरी बनाउने मौका पनि गुमाएको छ ।

सेभियाका लागि खेलको १७ औं मिनेटमा सिल्भाले गोल गर्दै अग्रता दिलाए । खेलको २१ औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गरे ।३९ औं मिनेटमा एडरले गोल गर्दा रियलविरुद्ध सेभियाले पहिलो हाफमै ३-० को अग्रता बनायो ।

दोस्रो हाफमा पनि रियलले खासै गतिलो खेल देखाउन सकेन । सेभियाले ६ खेलबाट १० अंक जोडेको छ भने रियलको १३ अंक रहेको छ ।

          September 27, 2018 11:10 am | खेलकुद


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...