Friday 27th March 2026

शिशु मारिने , श्रीमान मोटाउने

8 years अगाडी

गणतन्त्र आएलगतै माओबादीद्वारा २०६३ जेठ १९ गते काठमान्डौको खुलामन्चमा आयोजित पहिलो आमसभा जाँदा धर्मराज बरईको कपिलवस्तु फूलिकास्थित घरमा स्थानिय डाँका समहूले राति १२ वजे आक्रमण गरेको घट्नामाथी अदालतले भर्खरै सुनाएको फैसलामा सिंगो न्यायालय ह्वास्सै गन्हाउने बद्नियतको मिसावट पाइएको छ । सो कान्डमा ३ वर्षे बालक मञ्जितको मृत्यु , ५वर्षीया छोरी र श्रीमती गम्भीर घाईतेको अवस्था थियो । उक्त घट्नामा जिल्ला अदालतले तत्कालै पक्राउ परेको सलाहुद्दिन मुसलमानलाई ३ वर्ष कैद र पछि हाजिर भएका जलालु भन्ने राममिलन खरबिन्दलाई २०६९ साउन २३ गते जन्मकैदको फैसला सुनायो भने फरार रामनयन यादबसहितको हकमा मुद्दालाई मूल्तबिमा राखियो र पुनरावेदनले सोही मुद्दामा जन्मकैदको फैसल उल्ट्याएर १ वर्ष तोक्यो ।

३ महिना मात्रै सर्बोच्च अदालतले सोही मुद्दामा जिल्लाको फैसलालाई सादर गरेको छ । तर गत साता सोही मुद्दा सहितको २ वटा प्रहरी चौकीको आगजनी , डाँका र चोरी लगाएत ५ वटा घट्नामा फरार रामनयन यादबलाई २ दिन मात्रै कपिलवस्तु जिल्ला अदालतले धरौटी र साधरण तारेखमा छाड्ने गरी दिएको आदेशले आफैमा शंकास्पद देखिएको छ । भदौं २८ र २९ गते यादबका मुद्दा एकसाथ जगाएर धरौटीमा छाड्ने न्यायाधिस श्रीमान गौतमको आदेशमा आर्थिक कारणले प्रभाबित बनेको पीडितको आरोप छ । उनी सिंगापुर , मलेसिया र थाईलेन्डको भ्रमणमा कमजोर बहस गर्ने सेटिङवाला वकिलसँगै निस्किदा थप आशंका बढेको छ । चर्चित तथा शंकास्पद उक्त आदेश गराउँनमा रुपन्देही जिल्ला अदालत भैरहवामा लामो समय कार्यरत भई अवकाश प्राप्त कर्मचारी राज किशोर यादबको हात रहेको स्रोतको ठहर छ ।

भदौं २६ गते उनी जिल्ला अदालत परिसरमा देखिएपछि अधिवक्ताले केही बिवादित फैसलाका आदेश आउने आकलन गरेको थियो। परासी , भैरहवा र तौलिहवा जिल्ला अदालतमा दशक देखि बिवदितमुद्दाको सेटिङ मिलाउने बीचौलीया यादबले सरकारी वकिल कमल राज पन्थी र २ नम्वर न्यायाधिस गौतमलाई आर्थिक प्रभावमा परेको स्रोत बताउँछ । यादब र श्रीमान गौतमको सम्बन्ध यस अघि परासी अदालतमा हुँदादेखि नै राम्रो थियो । फैसलाबारे जनआस्थामा गत साता समचार प्रकशित भएपछि मुख्य न्यायाधिस श्रीमान लोक जंग शाह र श्रेस्तेदार डिल्ली अर्याल लगाएत कर्मचरीले समेत आदेश र मुद्दा प्रति चाँसो देखाएको बताइन्छ । न्यायाधिस गौतमले २ वर्षको अवधिमा आकुल सम्पति जोडेको देखी २०५५ सालमा कपिलवस्तुमै तहसीलदार हुदा अंशबन्डामा हात्ती कसको भागमा पर्ने भन्दै दुबै पक्षसँग नजराना लिएको कथा पुन :चर्चामा आएको छ ।

काठमन्डौ महादेवस्थान (कोटेश्वर)घर भएको श्रीमानले कपिलवस्तु बसेको २ बर्ष भित्रै रुपन्देही तिलोत्तमा शंकरनगरमा सम्पन्न मार्गमा ३ तले घर खडा गरेको छन् । इँटा , सिमेन्ट , काठ र छाड सम्मा कपिलवस्तुबाट ओसारेको हुन् । स्रोतका अनुसार उनले आफन्तको नाममा कपिलवस्तुका केही स्थानमा जग्गा खरिद गरेको छन् । तौलिहवा शिकोटवाका राममिलन चौधरी दाजूभाई बिच अंशबन्डा फैसला हुँदा उनका बुवाले पालेको माउ हात्ती कसको भागमा पर्ने भन्ने जिम्मा गौतमको काँधमा आयो । त्यसबेला निजले दुबै पक्षलाई हात्ती दिने भन्दै रकम कुम्ल्याएको र एउटालाई जिम्मा दिदा असन्तुष्टले हात्ती र एउटालाई जिम्मा लागेको चर्चा छ । कतिपय वरिष्ठ अधिवक्ताले न्यायाधिस गौतमलाई श्रीमान हात्ती कसको ? भनेर ठट्टा गर्ने गरेको छन् । न्यायालाई शुद्धपर्छु भन्ने श्रीमान ओमप्रकाश मिश्रा , तलका यस्ता हात्तीहरुको मनोमानी प्रति चाहिँ आँखा चिम्लन् मिल्छ ?

          September 27, 2018 3:05 pm | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...