

नेपाली राष्ट्रिय टिमका स्ट्राइकर विमल घर्तिमगरले च्यासल युथ क्लबसँग सम्झौता गरे
7 years अगाडी
Susma Dhakal

काठमाडौँ, १२ असोज । स्टार खेलाडी विमल घर्तिमगर च्यासल युथ क्लबबाट खेल्ने भएका छन् । शहीद स्मारक ए डिभिजन लिग सुरु हुनुभन्दा केही दिनअघि मात्रै उनले च्यासलसँग सम्झौता गरेका हुन् ।
यसअघि उनी थ्रीस्टार क्लबबाट व्यवसायीक खेल खेल्दै आइरहेका थिए ।तर, च्यासलले प्रशिक्षकमा राजुकाजी शाक्यलाई नियुक्त गरेपछि विमल त्यता गएको बुझिएको छ ।
पहिलो पटक ए डिभिजन लिग खेल्न लागेको च्यासललाई अन्डरडग टिमको रुपमा हेरिएको छ । च्यासलमा नयाँ र पुराना खेलाडीको सम्मिश्रण छ । दिनेश थापा मगर, छिरिङ गुरुङ, अमिर श्रेष्ठ, विश्व अधिकारी, गौरभ बुढाथोकी, योगेश गुरुङ जस्ता खेलाडी च्यासलले लिगकालागि क्लबमा अनुबन्धन गरेको छ ।
September 28, 2018 10:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:

भर्खरै प्रकाशित

सिरियामा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गर्न संयुक्त राष्ट्रसङ्घको माग

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

स्वर्गीय नेता मदन भण्डारीको ७५औं जयन्ती मूल व्यवस्थापन समिति गठन

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई कारबाही गर्न चौतर्फी दबाव

एनआरएनए कुवेतको अध्यक्षको लागि तीन जनाको उम्मेदवारी, आईसिसी सदस्यमा गिरि एक्लो उम्मेदवार

आदिकवि भानभक्त आचार्यको जन्मजयन्ती मनाइँदै

झापाली समाज कुवेतको छैटौ अधिवेशन बाट अध्यक्ष पदमा लिला पाण्डे निर्वाचित

काठमाण्डाै महानगरको बजेट सीमा २५ अर्ब ११ करोड रुपैयाँ
Loading...

