नेकपामा दुई अध्यक्ष देशबाहिर भएका बेला माधव नेपालले नेताहरु बोलाएर चियापान गर्दै
काठमाडौं, १२ असोज। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का दुई अध्यक्ष देशबाहिर रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले स्थायी कमिटी सदस्यहरुका लागि आज दिउँसो चियापान आयोजना गर्दैछन् ।सरकारका काम कारबाहीप्रति समेत बिहीबार संसदमा असन्तुष्टिको अभिव्यक्ति दिएका नेता नेपालले आज तीन बजेका लागि चियापान कार्यक्रम राखेका छन् ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सिताको उपचारका लागि सिंगापुरमा छन् । नेकपाका दुई अध्यक्षले यसपाली कसैलाई पनि कार्यकारी अध्यक्षको जिम्मेवारी दिएका छैनन् । यस्तो अवस्थामा नेता नेपालले स्थायी कमिटीका सदस्यहरुका चियापान कार्यक्रम राख्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
त्यस्तै नेकपाले केही दिनअघि तोकेको प्रदेशका इन्चार्ज, सहइन्चार्थ तथा अध्यक्ष र सचिवको भागबण्डामा असन्तुष्ट हुँदै आएका नेपालले संसद्मा हिजो दिएको अभिव्यक्तिलाई अर्थपूर्ण तरिकाले हेरिएको छ। सर्वसमम्म निर्णय हुनुपर्नेमा अन्तिरम विधानलाई कुल्चिएर प्रदेश इन्चार्जहरु तोकिएको नेपाल समूहको ठहर छ।
September 28, 2018 11:55 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय