नेपाल र चीनका अधिकारीको संयुक्त बैठक काठमाडौंमा बस्दै
काठमाडाैं, १२ असोज । नेपाल र चीनका जलस्रोत अधिकारीहरुको संयुक्त बैठक आज काठमाडौंमा बस्दैछ । चिनियाँ लगानी आकर्षित गर्ने लक्ष्यका साथ बैठक बस्न लागेको हो । आगामी दिनमा हुन सक्ने लगानीका विषयमा बैठकमा छलफल हुनेछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दिनेशकुमार घिमिरेका अनुसार दुई देशबीच बनेको संयन्त्रको यो पहिलो बैठक हो । एकदिने बैठकमा चीनले नेपालका जलविद्युत् आयोजनामा गरेको लगानी, चिनियाँ ठेकेदार कम्पनीले भोगिरहेका समस्या र आगामी दिनमा ऊर्जा क्षेत्रमा चीनले गर्ने लगानीलगायतका विषयमा छलफल हुनेछ ।
बैठकका लागि नौ सदस्यीय चिनियाँ टोली बिहिबार नेपाल आइपुगेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुप कुमार उपाध्यायले गर्नैछन् । चिनियाँ टोलीको नेतृत्व नेशनल इनर्जी एडमिनिस्ट्रेसन, इन्टरनेशनल कर्पोरेसन डिपार्टमेन्टका उपमहानिर्देशक हे याङले गर्नैछन् ।
September 28, 2018 12:00 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय