Sunday 21st December 2025

आलिया सँगै ,रणवीर कपुरको अंगालोमा रणवीर सिंह र दिपिका !

7 years अगाडी

एजेन्सी । बलिउड निर्देशक करण जौहरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालै एउटा तस्वीर सार्वजनिक गरे । यो तस्वीर धेरै अर्थमा ‘विशेष’ छ ।तस्वीरमा करणसहित आमिर खान, रणवीर कपुर, रणवीर सिंह, आलिया भट्ट, दिपिका पादुकोण र शाहरुख खान देखिएका छन् । तस्वीर विशेष यस अर्थमा छ कि रणवीर कपुरले रणवीर सिंह र दिपिका पादुकोणलाई दुईतिर अंकमाल गरेका छन् ।

स्मरणीय के छ भने रणवीर कपुर र दिपिका लामो समय प्रेममा थिए । तर, उनीहरुको प्रेम तोडियो । दिपिका अहिले रणवीर सिंहसँग रिलेसनसीपमा छिन् । उनीहरुबीच यसै वर्ष बिहे हुने पक्कापक्की जस्तै छ ।सामान्यतया बलिउडमा ब्रेकअपपछि कलाकारहरु एकसाथ देखिँदैनन् । यो तस्वीरले भने रणवीर र दिपिकाबीच अझै पनि सुमधुर सम्वन्ध रहेको अनुमान गर्न सकिन्छ । यतिमात्रै होइन, दुई रणवीरबीच पनि कुनै तुष नरहेको देखिन्छ । जबकी दिपिकाको कारणले उनीहरुबीच सम्बन्ध राम्रो नरहेको चर्चा चल्ने गरेको थियो । रणवीर सिंहसँग एउटै फिल्ममा काम गर्न रणवीर कपुरले इन्कार गरेको समाचार पनि आएको थियो ।

अर्कोतर्फ यही फ्रेममा आलिया भट्ट पनि छिन् जो रणवीर कपुरकी हालकी प्रेमिका हुन् । रणबीर र दिपिकाको निकटतालाई आलियाले सहजै पचाएकी छन् । यो तस्वीर कहिले खिचिएको हो भन्ने चाहिँ करण जौहरले खुलाएका छैनन् । तर, रणबीर कपुरको घरमा कुनै जमघटको बेला यो तस्वीर लिइएको बताइएको छ ।

          September 28, 2018 12:04 pm | चलचित्र


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...