आलिया सँगै ,रणवीर कपुरको अंगालोमा रणवीर सिंह र दिपिका !
एजेन्सी । बलिउड निर्देशक करण जौहरले आफ्नो इन्स्टाग्राम एकाउन्टमा हालै एउटा तस्वीर सार्वजनिक गरे । यो तस्वीर धेरै अर्थमा ‘विशेष’ छ ।तस्वीरमा करणसहित आमिर खान, रणवीर कपुर, रणवीर सिंह, आलिया भट्ट, दिपिका पादुकोण र शाहरुख खान देखिएका छन् । तस्वीर विशेष यस अर्थमा छ कि रणवीर कपुरले रणवीर सिंह र दिपिका पादुकोणलाई दुईतिर अंकमाल गरेका छन् ।
स्मरणीय के छ भने रणवीर कपुर र दिपिका लामो समय प्रेममा थिए । तर, उनीहरुको प्रेम तोडियो । दिपिका अहिले रणवीर सिंहसँग रिलेसनसीपमा छिन् । उनीहरुबीच यसै वर्ष बिहे हुने पक्कापक्की जस्तै छ ।सामान्यतया बलिउडमा ब्रेकअपपछि कलाकारहरु एकसाथ देखिँदैनन् । यो तस्वीरले भने रणवीर र दिपिकाबीच अझै पनि सुमधुर सम्वन्ध रहेको अनुमान गर्न सकिन्छ । यतिमात्रै होइन, दुई रणवीरबीच पनि कुनै तुष नरहेको देखिन्छ । जबकी दिपिकाको कारणले उनीहरुबीच सम्बन्ध राम्रो नरहेको चर्चा चल्ने गरेको थियो । रणवीर सिंहसँग एउटै फिल्ममा काम गर्न रणवीर कपुरले इन्कार गरेको समाचार पनि आएको थियो ।
अर्कोतर्फ यही फ्रेममा आलिया भट्ट पनि छिन् जो रणवीर कपुरकी हालकी प्रेमिका हुन् । रणबीर र दिपिकाको निकटतालाई आलियाले सहजै पचाएकी छन् । यो तस्वीर कहिले खिचिएको हो भन्ने चाहिँ करण जौहरले खुलाएका छैनन् । तर, रणबीर कपुरको घरमा कुनै जमघटको बेला यो तस्वीर लिइएको बताइएको छ ।
September 28, 2018 12:04 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग