रोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी
म्युनिख, १३ असोज । यसैवर्ष रियल मड्रिड छाडेर युभेन्ट्समा आवद्ध भएका पोर्चुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गम्भीर आरोप लागेको छ । रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै एक ३४ वर्षे महिलाले आरोप लगाएकी छिन् ।कुरा अहिलेको होइन, घटना हो २००९ को । जर्मन सञ्चार संस्था डेर स्पिगेलसँग कुरा गर्दै क्याथरिन म्योग्रा नाम गरेकी ती युवतीले रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लागेको छ । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।
ती युवतीले रकमको प्रलोभन देखाएर बलात्कारको मुद्दा नहाल्न रोनाल्डोले बिन्ती गरेको पनि बताइन् । रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न अनुरोध गरेपछि आफूले सम्झौता गरेको म्योग्राले स्पष्ट पारिन् ।रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको पनि १ प्रतिशतले जितेको बताउँदै माफी मागेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’
यद्यपि, यो घटनाबारे यसअघि नै एकपटक चर्चा भए पनि रोनाल्डोले आफ्नो बचाउ गरेका थिए । आपसी सहमतिमै सम्बन्ध भएको उनको तर्क थियो । पछिल्लो आरोपबारे भने रोनाल्डोका वकिल सेच्रज बग्रमानले यो आरोप अवैध भएको भन्दै उक्त सञ्चारमाध्यमविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।
September 29, 2018 11:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :