रोनाल्डोविरुद्ध बलात्कारको आरोप, यस्तो छ युवतीको दावी
म्युनिख, १३ असोज । यसैवर्ष रियल मड्रिड छाडेर युभेन्ट्समा आवद्ध भएका पोर्चुगेली सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई गम्भीर आरोप लागेको छ । रोनाल्डोले आफूलाई बलात्कार गरेको भन्दै एक ३४ वर्षे महिलाले आरोप लगाएकी छिन् ।कुरा अहिलेको होइन, घटना हो २००९ को । जर्मन सञ्चार संस्था डेर स्पिगेलसँग कुरा गर्दै क्याथरिन म्योग्रा नाम गरेकी ती युवतीले रोनाल्डोले आफूलाई बलात्कार गरेको आरोप लगाएकी हुन् । उनीमाथि बल प्रयोगका साथ करणी गरेको आरोप लागेको छ । म्योग्राका अनुसार सन् २००९ मा रोनाल्डोले लास भेगासको एक होटलमा आफुलाई बलात्कार गरेको बताइन् ।
ती युवतीले रकमको प्रलोभन देखाएर बलात्कारको मुद्दा नहाल्न रोनाल्डोले बिन्ती गरेको पनि बताइन् । रोनाल्डोले ३ लाख ७५ हजार अमेरिकी डलर दिँदै घुँडा टेकेर मुद्दा नहाल्न अनुरोध गरेपछि आफूले सम्झौता गरेको म्योग्राले स्पष्ट पारिन् ।रोनाल्डोले आफु ९९ प्रतिशत राम्रो मान्छे रहेको पनि १ प्रतिशतले जितेको बताउँदै माफी मागेको उनले स्मरण गरिन् । उनले भनिन्, ‘मलाई ३ लाख ७५ हजार अमेरिकी डलर अफर गर्दै मुद्दा नहाल्न विन्ती गरेका थिए ।’
यद्यपि, यो घटनाबारे यसअघि नै एकपटक चर्चा भए पनि रोनाल्डोले आफ्नो बचाउ गरेका थिए । आपसी सहमतिमै सम्बन्ध भएको उनको तर्क थियो । पछिल्लो आरोपबारे भने रोनाल्डोका वकिल सेच्रज बग्रमानले यो आरोप अवैध भएको भन्दै उक्त सञ्चारमाध्यमविरुद्ध मानहानीको मुद्दा दायर गर्ने बताएका छन् ।
September 29, 2018 11:50 am | खेलकुद
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
१६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कसले कति सिट ल्याए ?
सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि अधिकांश कुवेती बैंकहरूले मुख्यालय बन्द गरे..
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी