दशैँ तिहारका लागि सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ। प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै सुरक्षामा आइपर्ने चुनौतीको पहिचान गर्दै रणनीति तयार पारिएको बताए। परिसरले यो अवधिमा मोबाइल भ्यान, मोटरसाइकल, स्ट्राइकिङ, रिजर्भ, सिआरभी, सादा पोशाक, नाका चेकप्वाइन्ट, चोरी तथा लुटपाट नियन्त्रण २४ घण्टे एम्बुस, सवारी साधनमा पकेटमारी नियन्त्रण, शक्तिपीठ तथा मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि सादा पोशाकमा समेत ५०८ प्रहरी परिचालन गर्ने उनले बताए।
सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने ठाउँ, मठमन्दिर, बस्तीलगायतका स्थानमा उच्च सतर्कता अपनाइ सुरक्षा व्यवस्थालाई कडा पार्ने भएको छ। प्रहरीले घरेलु मदिरा, जुवातास, लङ्गुरबुर्जालगायत सामाजमा विकृति ल्याउने गतिविधिलाई पूर्णरूपमा निषेध गर्ने रणनीति लिएको छ।
आवश्यकताअनुसार जगाती चेक प्वाइन्टलागायतका नाका, व्यापारिक स्थान तथा अन्य स्थानमा तालीम प्राप्त कुकुरको प्रयोग गरी स्निफिङ व्यवस्था गरिने, विगतमा अपराध गरी फरार, सजाय भुक्तान गरेका, अदालतबाट छुटेका र अन्य आपराधिक गतिविधिमा लागेकाको पहिचान गरी निगरानी बढाउने भएको छ। प्रहरीले ग्रामीण क्षेत्रमा मोबाइल तथा पैदल गस्ती बढाउने, छड्के चेकिङ गर्ने, होटल, लज, रेष्टुराँ, पुलहाउसलाई निगरानी बढाउने, टोल–टोलमा प्रहरी कार्यक्रम सञ्चालन गर्ने भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए।
September 29, 2018 2:29 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय