जाह्नवी कपूर पाइलट बन्दै !
एजेन्सी । अभिनेत्री जाह्नवी कपूरले जुलाईमा आएको फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । ईशान खट्टर फिल्ममा उनको हिरो थिए र शशांक खेतानले निर्देशन गरेका थिए । फिल्म रिलिजको केही दिनमा करण जौहरले आफ्नो सोसल मिडियोबाट कन्फर्म गरे कि जाह्नवी उनको बिग बजेटको फिल्म ‘तख्त’ को हिस्सा हुनेछिन् ।
खबरअनुसार, जाह्नवीले धर्मा प्रोडक्शनको एक अर्को बायोपिक फिल्म साइन गर्दैछिन् । उनले बलिउडमा आफ्नो तेस्रो फिल्म पनि करणको साथ गर्ने पक्कापक्की भएको भारतीय मिडियाले बताएका छन् । डेब्यु फिल्म रिलिजपछि उनी अहिले करणको रेखदेखमा छिन् ।जाह्नवीले केही हप्तादेखि फिल्मको तयारी सुरु गरिसकेकी छिन् । उनले हालैमा कहानी र व्यवहार बुझ्न गुञ्जन सक्सेनासँग पनि भेट गरेको खबर छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मलाई करणले निर्माण गर्नेछन् भने अझैसम्म निर्देशन फाइनल भएको छैन ।
जाह्नवीको यो फिल्म भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट गुञ्जनको जिन्दगीमा आधारित हुनेछ । यो फिल्ममा एक्ट्रेस पहिलो हेलीकाप्टर महिला पाइलट गुञ्जनको भूमिकामा देखिनेछिन् । केही दिन अगाडि एक पिक्चर पब्लिस भएको थियो, जसमा जाह्नवी, गुन्जनसँग देखिएकी थिइन् ।गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायुसेनाकी पहिलो हेलीकाप्टर महिला पाइलट हुन्, जसले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् ।
September 29, 2018 3:20 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग