जाह्नवी कपूर पाइलट बन्दै !
एजेन्सी । अभिनेत्री जाह्नवी कपूरले जुलाईमा आएको फिल्म ‘धडक’ बाट बलिउडमा डेब्यु गरिन् । ईशान खट्टर फिल्ममा उनको हिरो थिए र शशांक खेतानले निर्देशन गरेका थिए । फिल्म रिलिजको केही दिनमा करण जौहरले आफ्नो सोसल मिडियोबाट कन्फर्म गरे कि जाह्नवी उनको बिग बजेटको फिल्म ‘तख्त’ को हिस्सा हुनेछिन् ।
खबरअनुसार, जाह्नवीले धर्मा प्रोडक्शनको एक अर्को बायोपिक फिल्म साइन गर्दैछिन् । उनले बलिउडमा आफ्नो तेस्रो फिल्म पनि करणको साथ गर्ने पक्कापक्की भएको भारतीय मिडियाले बताएका छन् । डेब्यु फिल्म रिलिजपछि उनी अहिले करणको रेखदेखमा छिन् ।जाह्नवीले केही हप्तादेखि फिल्मको तयारी सुरु गरिसकेकी छिन् । उनले हालैमा कहानी र व्यवहार बुझ्न गुञ्जन सक्सेनासँग पनि भेट गरेको खबर छ । अर्को वर्षबाट फिल्मको छायांकन सुरु हुने बताइएको छ । फिल्मलाई करणले निर्माण गर्नेछन् भने अझैसम्म निर्देशन फाइनल भएको छैन ।
जाह्नवीको यो फिल्म भारतीय वायु सेनाकी पहिलो महिला हेलीकाप्टर पाइलट गुञ्जनको जिन्दगीमा आधारित हुनेछ । यो फिल्ममा एक्ट्रेस पहिलो हेलीकाप्टर महिला पाइलट गुञ्जनको भूमिकामा देखिनेछिन् । केही दिन अगाडि एक पिक्चर पब्लिस भएको थियो, जसमा जाह्नवी, गुन्जनसँग देखिएकी थिइन् ।गुञ्जनको जिन्दगीको कहानी निकै प्रेरणादायक छ । उनी भारतीय वायुसेनाकी पहिलो हेलीकाप्टर महिला पाइलट हुन्, जसले १९९९ मा कारगिल युद्धको क्रममा आफ्नो साथी लेफ्टिनेन्ट श्रीविदया राजनसँग मिलेर कयौं घायल सैनिकको ज्यान बचाएकी थिइन् ।
September 29, 2018 3:20 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :