Friday 27th March 2026

निर्मला हत्या प्रकरणः निलम्बित एसपीसहित तीनै जनाको डीएनए मेल खाएन

7 years अगाडी

काठमाडौँ, १४ असोज । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याकाण्डमा संलग्न रहेको आरोपित तीनजनाको डीएनए रिपोर्ट आएको छ । आरोपित रहेका तत्कालिन एसपी डिल्लीराज विष्टसहित ३ जनाको डीएनए पनि मेल खाएन ।

उनीहरुको डिएनए परीक्षण गराउन जिल्ला अदालत कञ्चनपुरले मौखिक आदेश दिएको थियो । निलम्बित एसपी बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश बिष्टको डीएनए परीक्षण गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार तीनै जनाको डीएनए रिपोर्ट शुक्रबार कञ्चनपुर आईपुगेको हो । शनिबार बिदा भएकोले उक्त रिपोर्ट आइतबार सिलबन्दी खोलेर हेर्ने र सरकारी वकिलसँग परामर्श गरेर अदालतमा पेश गर्ने कञ्चनपुरका एसपी कुवेर कठायतले जानकारी दिएका थिए । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा उनीहरुको डीएनए परीक्षण गरिएको थियो ।

          September 30, 2018 11:15 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...