फेसबुक ह्याकरको आतंक , ९ करोड प्रयोगकर्ता प्रभावित
सर्वाधिक रुचाईएको सामाजिक संजाल हो फेसबुक । नेपालमा पनि यसको प्रयो कर्ता अत्याधिक रहेको पाईन्छ । तर हाल यस सामाजिक संजालले मासिहरुको होस उडाएको छ । प्राप्त जानकारी अनुसार सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् । फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ ।ह्याकरहरुले फेसबुकको ख्ष्भध ब्क फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ ।
समस्या समाधानका लागि फेसबुकले ९ करोड प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।पछिल्लो साइबर हमला कसले र कहाँबाट गरेको भन्ने विषयमा जानकारी प्राप्त भैनसकेको फेसबुकले जनाएको छ ।
पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ । पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ । हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ । यद्यपि, अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ ।
September 30, 2018 12:19 pm | समाज
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
बङ्गलादेशमा विद्यार्थी नेताको अन्त्येष्टि समारोहमा हजारौंको सङ्ख्यामा समर्थक सहभागी
रवि लामिछाने आज थुनामुक्त हुने
एमालेको मतगणना चल्दै : ओलीको दोब्बरभन्दा बढीको अग्रता, महासचिवमा कडा प्रतिस्पर्धा
राष्ट्रियसभा चुनावको मतदानस्थल तथा केन्द्र निर्धारण
कुवेतस्थित किरात राई यायोक्खाले आफ्नो चौथो अधिवेशन १३ फेब्रुअरी २०२६ मा खैतानस्थित राजधानी होटलको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ।
कुवेतमा गोरखा समाजको गठन आगामी ६ फेब्रुअरीमा प्रथम अधिवेशन हुदै ।
इन्डोनेशियामा बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो
कुवेतबाट राजु कार्की समानुपातिक सांसदका लागि सिफारिस :