यो साउथ फिल्मको एक दृश्यमा यति धेरै खर्च, जति खर्चमा बन्छन् पूरै ५ बलिउड फिल्म
हैदराबाद। साउथका सुपरस्टार चिरञ्जीवी छिट्टै फिल्म ‘शेरा नरसिम्हा रेड्डी’मा देखिँदैछन् । यो फिल्म सुटिङका बेलादेखि नै आफ्नो बजेटका कारण चर्चामा छ । यो पिरियड ड्रामा फिल्मको एक युद्धको दृश्यको लागि मात्रै ५४ करोड रुपैयाँ खर्च भएको छ । खास कुरा त के भने यो दृश्य मात्रै ८ मिनेटको छ । यो चिरञ्जीवीको १५१ औं फिल्म हो जसलाई उनका छोरा राम चरण तेजाले निर्माण गर्दैछन् ।
आफ्ना पिताको फिल्म हिट बनाउनको लागि राम चरण तेजा जति पनि रकम खर्च गर्न तयार छन् । फिल्मको कूल बजेट करिब २ सय करोड भएको बताइएको छ । यही बजेटमध्ये ५४ करोड मात्रै ८ मिनेटको दृयको लागि खर्च गरिएको हो । फिल्मको टिम अहिले जर्जियामा यही युद्धको दृश्यको सुटिङ गर्दैछ । यो दृश्य फिल्मको क्लाइमेक्स भएको बताइन्छ । फिल्मको सुटिङका लागि १५० जनालाई हैदराबादबाट जर्जिया लगिएको छ । यो दृश्यका लागि भारतबाट लगिएका १५० सहित जर्जियामै स्थानीय कलाकार ६ सय जनालाई पनि लिइएको छ ।
यो फिल्ममा अमिताभ बच्चन पनि अहम भूमिकामा देखिँदैछन् । फिल्ममा अमिताभ र चिरञ्जीवीका साथमा कन्नड सुपरस्टार सुदिप, तमिल सुपरस्टार विजय सेतुपति, तमन्ना भाटिया, नयनतारा र जगपति बाबुजस्ता सुपरस्टार पनि रहनेछन् । फिल्म आन्ध्र प्रदेशका स्वतन्त्रता योद्धा उय्यलावाडा नरसिम्हा रेड्डीको बायोपिक हो । फिल्म २०१९ मा रिलिज हुनेछ ।
September 30, 2018 12:27 pm | चलचित्र
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
काठमाण्डाैका १० वटै निर्वाचन क्षेत्रमा आजै मतगणना थाल्ने तयारी
कुवेत र इराकमा रहेका नेपालीहरुले यथाशिघ्र पोर्टलमा विवरण अद्यावधिक गर्न दूतावासको अनुरोध
असहज परिस्थितिलाई निकास दिन फागुन २१ को चुनाव अपरिहार्य : प्रचण्ड
धादिङ बस दुर्घटनाबारे छानबिन गर्न ५ सदस्यीय कार्यदल गठन
चुनावकाे वातावरण बिग्रिँदै गएकाे भन्दै एमालेकाे चिन्ता
इरानसँग छिट्टै आणविक सम्झौता नभए खराब अवस्था आउन सक्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
चुनाव प्रयाेजनका लागि अहिलेसम्म ६ सय ७१ उम्मेदवारले मात्रै बैंक खाता खाेले
निरेम प्रोडक्सन कुवेतको मानवतावादी पहल: दार्चुलाको दुर्गा स्थान माविलाई १ लाख सहयोग