साउदीमा क्षेत्रिय अधिवेशन सहित सास्कृतिक कार्यक्रम हुदै ।
मनोज बराल
साउदी अरब-गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकले आफ्नो तेश्रो अधिवेशन गर्ने भएको छ । बडा दशै २०७५ को अवसर पारेर यहि अक्टोबर १९ तारिक बिजयादशमी टिकाकै दिन अधिवेशन गर्ने निर्णय भएको क्षेत्रीय समितिका अध्यक्ष अर्जुन थापाले बताएका छन । अधिवेशन टिकाकै दिन परेकोले कार्यक्रममा उपस्थित अग्रज महानुभावबाट सामुहिक रुपमा टिका ग्रहण गर्ने योजना समेत रहेको अध्यक्ष थापाले बताएका छन ।
त्यसैगरी सोहि कार्यक्रममा वैदेशिक रोजगारका क्रममा साउदी आएका नेपालीहरु आ-आफ्नो कला र प्रतिभा प्रस्तुत सहित सास्कृतिक कार्यक्रमको तयारी समेत भइरहेको क्षेत्रीय सचिव युवराज पोख्रेलले जानकारी गराएका छन । भने खेलप्रेमी महानुभावहरुलाइ मनोरञ्जन दिनका लागी खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम पनि राखिएको सचिव पोख्रेलले बताएका छ्न ।
कार्यक्रम ताबुकको अल मुफ्ता रिसोर्टमा बिहान १० बजेदेखी सुरू हुनेछ ।
October 1, 2018 1:12 pm | प्रवास
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
मतदाताको गोपनीयता भङ्ग नगर्न झापा प्रशासनको आग्रह
चलचित्र पत्रकार दिनेश सिटौलाको निधन
रास्वपाका वरिष्ठ नेता बालेन शाहको घरको गेटमा तोडफोड
चुनावी प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १९ अर्ब १५ करोड बराबरको स्रोत सहमति
चुनाव र शान्ति सुरक्षामा असर पर्ने अभिव्यक्ति नदिन मानव अधिकार आयोगको आग्रह
तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम २७ मार्च २०२६ मा हुने ।
चुनावमा खटिने कर्मचारीका लागि २० लाख रुपैयाँको दुर्घटना बीमा
सुदूरपश्चिमेली नेपाली समाज कुवेतको अध्यक्षतामा महेश कुमार चयन