दशैको मुखमा आएर भयो यस्तो डरलाग्दो दुर्घटना , दुर्घटनामा परी ७५ वर्षीया ईश्वरीको ज्यान गयो , ११ जना घाइते
7 years अगाडी
Susma Dhakal
धनगढी – पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने कैलालीको बल्मी सडकखण्डमा से१ख १०२५ नंको बस आज दिउँसो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।बस दुर्घटनाबाट घाइते भएकी कैलाली गौरीगङ्गा नगरपालिका–४ राजीपुरकी ७५ वर्षीया ईश्वरी बिनाडीको पद्मा अस्पताल अत्तरियामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर ओलीले जानकारी दिनुभयो ।
उपचारार्थ पद्मा अस्पतालमा भर्ना गरिएका घाइतेको अवस्था खतरामुक्त रहेको बताइएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको उक्त बस अचानक अनियन्त्रित भएर सडकमै पल्टिएर दुर्घटना भएको हो ।
October 2, 2018 11:14 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...