नागढुङ्गा-पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने
7 years अगाडी
Susma Dhakal
काठमाडौँ । त्रिभुवन राजपथअन्तर्गत नागढुङ्गा–पिपलामोड सडकखण्डमा सवारीसाधन आवागमन रोकिने भएको छ। चाडबाडको समयमा सडक मर्मत तथा सुधार गर्नुपर्ने भएकाले डिभिजन सडक कार्यालय काठमाडौँले बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि सवारीसाधन आवागमनमा रोक लगाएको हो।
डिभिजन प्रमुख देवकुमार तामाङले आजदेखि असोज २२ गतेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक मर्मत गरिने बताए। “निर्माण सम्पन्न गर्न आवश्यक सहयोगका लागि सम्बन्धित निकायलाई पत्राचार गरेका छौँ,” उनले भने।
उक्त सडक कृष कन्सट्रक्सनले मर्मत तथा सुधार गर्न लागेको हो। डिभिजन कार्यालयले चाडपर्व नजिकिँदै गर्दा विभिन्न स्थानको सडक मर्मत तथा सुधारलाई अगाडि बढाएको हो।
October 2, 2018 11:28 am | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय
Loading...