निर्मला पन्त हत्या प्रकरण : हत्यारा सार्वजनिक गर्न माग गर्दै कञ्चनपुर बन्द
कञ्चनपुर, १६ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न माग गर्दै आज कञ्चनपुर बन्द गरिएको छ । नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले मंगलवार कञ्चनपुर बन्द गराएको हो ।बन्दका कारण जिल्लाको जनजीवन प्रभावित बनेको छ । त्यहाँ लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन् भने शैक्षिक संघसस्था, उद्योग कलकारखाला पनि ठप्प छन् । नेविसंघका विद्यार्थीहरुले बिहानैदेखि महेन्द्रनगरमा टायर बाल्दै प्रदर्शन गरेका छन् ।
निर्मलाको हत्या भएको दुई महिना भन्दा बढी समय भइसक्दा समेत हत्यारा पत्ता लगाउन नसकेको भन्दै सरकारलाई दबाब दिन बन्द गरेको बन्दकर्ताको भनाई छ । उनीहरुले अपराधि पत्ता लगाउनुपर्ने, अनुसन्धानमा सग्लन प्रहरी अधिकारीमाथि कारबाही हुनुपर्ने लगायतका माग राखेका छन् । सोहि माग गर्दै सोमबार नेविसंघले जिल्लाका शैक्षिक संघसस्था बन्द गराएको थियो ।
यता निर्मला हत्या प्रकरणबारे अनुसन्धानमा गर्न गठित उच्च स्तरीय छानबिन समितिले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै शनिबारदेखि थालिएको महिला अधिकारकर्मीहरुको धर्ना कार्यक्रम मंगलबा चौथो दिन पनि जारी छ ।
October 2, 2018 12:18 pm | समाचार
प्रतिकृयाहरू :
समाचारहरु:
भर्खरै प्रकाशित
जजीरा एयरवेजले काठमाडौँ रुट सुरु गर्यो, कुवेत र दक्षिण एसिया बीचको सम्पर्क सञ्जाललाई थप सुदृढ बनायो ।
सांसदहरूको शपथका लागि बहुउद्देश्यीय हल तयार
चैत १५ भित्र सबै मन्त्रालयले योजना तथा कार्यक्रम पठाइसक्नुपर्ने
कुवेतमा दूतावासको मातहत ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन:
खाेटाङमा शव लिएर गएको हेलिकप्टर दुर्घटना
रास्वपाका सांसदहरूको अभिमुखीकरण आज सकिँदै
रास्वपाले आफ्ना सांसदहरुका लागि अभिमुखीकरण कार्यक्रम गर्दै
नवयुवा आन्दोलनको मुख्य कारण धनी–गरिबबीचको आम्दानीको अन्तर : अर्थ मन्त्रालय