Friday 27th March 2026

नेपाली युवाहरुलाई करोडौँको रोजगारी दिएर गुन लगाएको दक्षिण कोरियाले सारा नेपालीलाई राहात मिल्ने अर्को महत्वपूर्ण सहयोग गर्ने

7 years अगाडी

काठमाडौँ – नेपाल र गणतन्त्र दक्षिण कोरियाबीच वन तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य हुने भएको छ । कोरियाले नेपालको वन तथा पर्यावरण क्षेत्रमा आवश्यक आर्थिक तथा प्राविधिक सहयोग गर्न चासो देखाएको हो । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसँगको आज मन्त्रालयमा भएको भेटमा नेपालका लागि कोरियाली राजदूत पार्कयोस् सिकले उक्त सहकार्यको प्रस्ताव राख्नुभएको मन्त्रालयले जनाएको छ ।

भेटमा मन्त्री बस्नेतले केही वर्षअघि नेपालमा वन जङ्गल विनाश भएर मरुभूमीकरण हुने हो कि भन्ने विश्व समुदायले चिन्ता जाहेर गर्ने गरेको स्मरण गर्दै पछिल्लो समय नेपालको कूल क्षेत्रफलमध्ये करीब ४५ प्रतिशत भू–भाग वन क्षेत्रले ओगटेको तथ्याङ्क उल्लेख गर्नुभयो । “हामीले वन क्षेत्र र पर्यावरण संरक्षणमा धेरै राम्रो सफलता प्राप्त गरेका छौँ”, मन्त्री बस्नेतले भन्नुभयो, “खर्भरै मात्र सार्वजनिक गरिएको बाघ गणनाको तथ्याङ्कले पनि त्यही देखाउँछ ।”

नेपाल पूर्वाधार विकासको चरणमा रहेको भन्दै मन्त्री बस्नेतले विकास र पर्यावरणबीच उचित सन्तुलन मिलाएर अघि बढ्ने नीतिमा सरकार र मन्त्रालय रहेको अवगत गराउनुभयो । यस्तै उहाँले नेपालमा वन जङ्गल क्षेत्र बढेकाले अब काष्ठ र गैरकाष्ठजन्य वस्तुसँगै कार्बन व्यापार गर्ने योजनामा सरकार रहेको बताउनुभयो ।कोरियाले खाली जमीनमा जङ्गल क्षेत्र विस्तार गरेको चर्चा गर्दै राजदूत सिकले नेपालसहित विकासशील मुलुकमा सोही पद्धति अवलम्बन गर्न सकिने बताउनुभएको थियो । कोरिया सरकारको हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत नेपालमा सहयोग गर्न तयार रहेको राजदूत सिकको भनाइ थियो ।

          October 3, 2018 10:14 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...