Friday 27th March 2026

काठमाडौंका विभिन्न स्थानमा ‘फ्रि वाइफाइ’को व्यवस्था गर्दै महानगर

7 years अगाडी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँलाई सुन्दर तथा समृद्ध नगर बनाउने योजना अनुरुप विभिन्न काम तीव्र गतिमा अघि बढेको छ।काठमाडौँ चमती क्षेत्रमा महानगरपालिकाको पहलमा सडकको स्तरोन्नति भइरहेको तथा नयाँ सडकमा स्मार्ट पार्किङको निर्माण तथा विश्व सम्पदा क्षेत्रहरुमा ‘फ्रि वाइफाइ’को व्यवस्था गर्ने पहल गरिरहेको सो महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँको सामाजिक, वातावरणीय तथा सम्पदादेखि स्मार्ट सिटीको अवधारणा अनुरुप कार्य गरिरहेको बताए।उहाँकाअनुसार महानगर प्रमुखको पहलबाट वृद्धवृद्धा तथा अपाङ्गका लागि घरमा पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने कार्य भएको तथा नगरपालिकाले उठाउने विभिन्न विषयमा कर छुट दिने गृह कार्य शुरु भएको छ।

काठमाडौं महानगरपालिका भित्रका कतिपय घरधनीले नक्सा पास नगरिकन घर निर्माण प्रवृत्तिलाई न्यूनिकरण गर्न उनीलाई नक्सा पास गर्न मौका दिएको र नक्सा पास गर्न आवेदन दिने घरधनीहरु बढेको सूचना अधिकारी सुरेश किरण मानन्धरले जानकारी दिए। काठमाडौँको फोहरको दीर्घकालिन समस्या समाधानका लागि फोहरलाई मोहर बनाउने उपलव्धीमूलक कार्यको अलावा फोहरलाई सही स्थानमा दीर्घकालिन विसर्जन गरेर त्यसबाट प्राङ्गारिक मलदेखि बनाउने तथा पुनःप्रयोगको कार्यमा पनि महानगरपालिकाले विशेष ध्यान दिएको उनले बताए ।

          October 3, 2018 10:27 am | समाचार


प्रतिकृयाहरू :

समाचारहरु:

भर्खरै प्रकाशित


Loading...